ghar sansar

कञ्चनपुरमा कार्तिक २७ गतेखि धान खरिद हुँदै, बिहीबार र शुक्रबार कुपन वितरण, एक जना किसानबाट बढीमा ३० क्विन्टल धान खरिद गरिने

khasi

महेन्द्रनगर । कञ्चनपुरमा कार्तिक अन्तिम सातादेखि धान खरिद सुरु हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले धान खरिदका सोमबार सूचना सार्वजनिक गरेको छ ।

कार्तिक २७ गतेदेखि हुने धान खरिदका लागि कार्यालयले बिहीबारदेखि कुपन बाँड्न लागेको छ । धान बेच्ने शकिसानलाई बिहीबार र शुक्रबार कुपन बाँडिने तयारी गरिएको छ ।

यस वर्ष तीन सय हाराहारीमा किसानलाई कुपन बाँड्न सकिने जानकारी कार्यालयले दिएको छ । कम्पनीले यस वर्ष ८ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ ।

तीन दिन अघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको प्राथमिक खरिद समितिले कुपन वितरण र धान खरिद गर्ने निर्णय गरेको थियो ।

कार्यालयले विगतझै यस वर्ष पनि किसानबाट मोटो धान खरिद गर्ने भएको छ । सरकारले प्रति क्विन्टल धानको मूल्य तीन हजार ६ सय ५० रुपैँया निर्धारण गरेको छ ।

सरकारले निर्धारण मूल्य अनुसार धान खरिद गर्ने तयारी कार्यालयले गरेको छ । गत वर्ष प्रति क्विन्टल धानको मूल्य तीन हजार चार सय ६३ रुपैया थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका प्रमुख प्रकाश न्यौपानेले कार्तिक १९ गतेदेखि कुपन बाँड्ने र कार्तिक २७ गतेदेखि धान खरिद सुरु गरिने जानकारी दिए ।

‘कम्पनीको केन्द्रीय कार्यालयबाट आएको कोटा अनुसार धान खरिद गर्छौ, त्यस अनुसार तयारी गरिएको छ, कोटा पूरा नभएसम्म धान खरिद जारी हन्छ’ कार्यालय प्रमुख न्यौपानेले भने ।

कम्पनीको केन्द्रीय कार्यालयले केही दिन अघि मात्रै धान खरिदका लागि कोटा निर्धारण गरी पत्र पठाएको थियो ।

गत वर्ष भन्दा एक हजार क्विन्टल बढी धान खरिद हुन लागेको छ । गत वर्ष सात हजार क्विन्टल धान खरिद गरिएको थियो ।

गत वर्ष शाखालाई पाँच हजार क्विन्टल धान खरिदको कोटा दिइएको थियो । कोटा पूरा भएपछि फेरि दुई हजार थप गरिएको थियो ।

dirghayi clinic

कार्यालयले यस वर्ष एक जना किसानबाट ३० क्विन्टल धान खरिद गर्ने छ । गत वर्ष ४५ क्विन्टलसम्म धान खरिद गरिएको थियो ।

कम्पनीको शाखा कार्यालयका सहायक छैठाें तेज देउवाले धान खरिदको धान बेच्ने किसानको संख्या बढ्न सक्न भएकाले हरेक किसानलाई ३० क्विन्टलको सीमा लगाइएको बताए ।

यस वर्ष किसानले कार्यालयमा आएर मात्रै धान बेच्न पाउने भएका छन् । महेन्द्रनगरस्थित कार्यालय बाहिरबाट धान खरिदको तयारी भएको छैन ।

अघिल्लो वर्ष शाखा कार्यालय सहित बेदकोट र शुक्लाफाँटा नगरपालिकामा काँँटा राखेर धान खरिद डिपो राखिएको थियो ।

गत वर्ष सदरमुकाम बाहिर दोधारा चाँदनीमा पुगेर कार्यालयले धान खरिद गरेको थियो ।

कम्पनीको शाखा कार्यालयका सूचना अधिकारी मनोज चन्दले कार्यालय बाहिर धान खरिदका लागि स्थानीय तहको सहयोग मागिएको बताए ।

‘स्थानीय तहसित व्यवस्थापनका लागि आग्रह गरी आज पत्र पठाउँदैछौ, स्थानीय तहले व्यवस्थापन गरि दिए बाहिरबाट पनि खरिद गर्छौ’ उनले भने, ‘नत्र बाहिरबाट धान किन्न सकिने अवस्था छैन ।’

कार्यालयले धान खरिद व्यवस्थापनका लागि सबै ९ ओटै स्थानीय तहलाई पत्राचार गरेको छ ।

कार्यालयले किसान पहिचान र धान खरिदको सूचना किसानसम्म पुगाउन पनि स्थानीय तहको सहयोग मागेको छ ।

स्थानीय तहबाट सिफारिश लिएर आएका किसानले मात्रै धान बेच्न पाउने छन् ।

‘स्थानीय तहको वडा कार्यालयबाट किसान पहिचान भएर आए मात्रै कार्यालयले धान किन्छ’ सूचना अधिकारी चन्दले भने ।

किसानको धान किनेपछि कार्यालयले छिटो भुक्तानी दिने व्यवस्था गरेको छ । कार्यालयले बढीमा दुई दिनभित्रै किसानको खातामा रकम पुग्ने जानकारी दिएको छ ।

‘कार्यालयले खरिद गरेको धानको भुक्तानीमा समस्या हुँदैन, कार्यालयको प्रक्रिया पूरा गरी खातामा पठाउँछौ’ सूचना अधिकारी चन्दले भने ।

Himal dental
सम्बन्धित
Loading...