

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालका कर्मचारीले अहिलेसम्म बढेको तलब पाउन सकेको छैन । सरकारले नया आर्थिक बर्षको बजेट भाषणमा तलब बढाएको थियो ।
सरकारी घोषणा अनुसार हालसम्म अस्पतालका चिकित्सक, स्वास्थकर्मी र अन्य कर्मचारीले बढेको तलव सुविधा पाउन नसकेका हुन् ।
महाकाली प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेश सरकार मातहत छ । अस्पतालमा चिकित्सक सहित झण्डै दुई सय जना कार्यरत छन् ।
अस्पतालका स्थायी दरबन्दी र दरबन्दी करार सेवाका कर्मचारीले बढेको तलब पाउन पर्ने कर्मचारीहरु बताउँछन् ।
अस्पतालमा ज्यादादारी र बिभिन्न कार्यक्रम अन्तर्गत पनि कर्मचारी कार्यरत छन् । अस्पताल प्रशासनलाई कर्मचारी बढेको तलब पाउन दबाब दिन थालेका छन् ।

अस्पतालले सुदूरपश्चि सरकारले बजेट ल्यापछि बढेको तलब आउने आश्वासन दिदै आएको थियो । सुदूरपश्चिम सरकारले असोज २५ गते बजेट ल्याएको थियो ।
प्रदेश सरकारले बजेट ल्याए पछि बढेको तलब नआएछि कर्मचारी असन्तुष्ट भएका छन् ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले हालसम्म कर्मचारीले बढेको तलब पाउन नसकेको बताए । ‘सरकारले तलब बढाएको थियो, अहिले सम्म बढेको तलब आएको छैन’ उनले भने ।
सुदूरपश्चिम सरकारले यस पटक अस्पताललाई बजेट गत बर्ष भन्दा कम दिएको छ ।
अस्पतालका विभिन्न कार्यक्रमको बजेट कटौती भएपछि ती कार्यक्रमका कर्मचारी कटौती गर्न पर्ने चिन्ता बढेको छ ।१० बर्ष अघिसम्म रिफर सेन्टर भनेर चिनिन पुगेको अस्पताल त्यसपछि सुधारको बाटो समातेको थियो ।
२०७४ पछि अस्पताल पुरानो पहिचान गुमाएर सुदूरपश्चिममा सरकारी अस्पतालमा आफूलाई चिनाउन थालेको थियो ।
चिकित्सक दरबन्दी पूर्ति नहुने र बिरामीलाई समान्य उपचारका लागि रिफर गर्न पर्ने बाध्यता पछिल्लो पटक लगभग अन्त्य भएको छ ।
