

महेन्द्रनगर । कञ्चनपुरमा कौडा खेलिरहेका ६ जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक स्थित जानकी टोल बस्ने ५३ वर्षीय रबिन्द्र के.सी.को घरमा पैसाको हारजित हुने गरि कौडा भई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा कौडा खेलिरहेको अवस्थामा निज रबिन्द्र के.सी.समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नगद १ लाख ४७ हजार दुई सय छपन्न र ३ थान कौडासहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
