ghar sansar

युएईमा भिजिट भिसाले काम गर्नै नपाउने गरी ल्याउँदैछ नयाँ नियम

khasi

महेन्द्रनगर । संयुक्त अरब इमिरेट्स (युएइ) ले भिजिट भिजिट भिसामा काम गर्न नपाउने गरी नयाँ नियम ल्याउने तयारी गरेपछि बैदेशिक रोजगारीका लागि अबैध बाटो रोकिने अपेक्षा गरिएको छ ।

अहिले खाडी राष्ट्रमा भिजिट भिसामा कामदार राख्ने गरेका छन् । युएईले भिजिट भिसालाई कामदार बनाउने नसकिने गरी नयाँ नियय ल्याउन लागेको हो ।

सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धर्म राज पाण्डेयले युएइले भिजिट भिसामा काम गर्न नदिने गरी नियम बनाउन थालेको र त्यसले अबैध कामदारको समस्या घट्ने बताए ।

‘यता नेपालबाट भिजिट भिसामा गयो, उता काम पाइ हालिन्छ, भिसामा काम गर्न पाउन सकिन्छ , अब युएइले बन्द गर्दैछ’ उनले भने ।

भिजिट भिसा लिएका व्यक्तिले काम गर्दा कानुनी झमेला व्यहोर्नुपर्ने र निकै असुरक्षित भएको पाण्डेयले बताए ।

‘भिजिट भिसा दिदा नै रोकिन पर्छ, कस्तो मान्छेलाई भिजिट भिसा दिने नदिने हेरेर दिनु पर्छ’ उनले भने ।

dirghayi clinic

मध्यपूर्वमा अधिकाङ्श देशमा भिजिट भिसामा गएर काम गरि रहेका नेपाली समस्यामा परेको पाण्डेय बताउँछन् ।

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन फ्री भिसा, फ्री टिकेट व्यवस्था गरे पनि भिजिट भिसामा जाने क्रम रोकिएको छैन ।

रोजगारदाताले आफ्नो फाइदाका लागि भिजिट भिसामा गएकालाई काम दिने भएकाले युएइले रोकेपछि कमी आउने पाण्डेयले बताए ।

पछिल्लो समय भिजिट भिसामा खाडी राष्ट्र जाने नेपाली घटेको समाजले जानकारी दिएको छ ।

‘भिजिट भिसामा खाडी रास्ट्र जानेमा अधिकाङ्श युवा हुने गरेका छन् । त्यो भर्खरको नव युवा भिजिट भिसा लिएर घुम्न त जान्छ होला भन्ने छैन’ अध्यक्ष पाण्डेयले भने, ‘हामीले त्यसमै हेर्न सक्यौ भने रोक्न सकिन्छ ।’

समाजका अध्यक्ष पाण्डेय केही दिन अघि महेन्द्रनगर आएका थिए । उनलाई कंचनपुर उद्योग बाणिज्य संघले स्वागत गरेको थियो ।

समाजमा ३१ देशका नेपाली आबद्ध छ्न । समाजले ती सवै देशका नेपालीलाई आपत बिपतमा सहयोग गर्दै आएको छ ।

बेदेकोट नगरपालिकास्थित घटाल माबि सुडाका दुई छात्रालाई समाजले छात्रवृत्ति दिदै आएको छ । त्यसै गरी डोटीको
गुरुकुलका बटुकलाई पनि सहयोग गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...