

महेन्द्रनगर । १० औं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि महेन्द्रनगरमा ८ खेलका खेलाडी छनौटका लागि प्रदेश छनौट प्रतियोगिता सुरु भएको छ । कबर्ड हलमा शनिबारदेखि छनौट सुरु भएको छ । केही खेलका खेलाडी शनिबार छनौट भएका छन् ।
जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष राम बहादुर खड्काले कबर्ड हलमा औपचारिक कार्यक्रम गरी प्रदेश छनौट सुरु गरिएको जानकारी दिए । कोषाध्यक्ष खड्काले हक्की टीम सिधैं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने बताए ।

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले हक्की बाहेक अन्य तेक्वान्दो, कराँते, कबड्डी, फुल कन्ट्याक्ट, आइटीएफ, कुस्ती, जुडो का खेलाडी छनौट हुने बताए।
तेक्वान्दो र कबड्डीको राष्ट्रिय प्रतियोगिताका लागि महिला र पुरुष १२÷१२ खेलाडी छनौट हुने छन् । कराँतेमा महिला पुरुष ११÷११, फुल कन्ट्याक्ट ७ पुरुष ५ महिला र आइटीएफ १३ पुरुष ११ महिला छनौट हुन लागेका छन् । कुस्तीमा ७ महिला र जुडोमा ५ पुरुष राष्ट्रिय प्रतियोगिता खेल्न छनौट हुने जानकारी दिइएको छ ।
यस अघि जिल्ला स्तरीय प्रतियोगितामा प्रदेश छनौट प्रतियोगिताका लागि कञ्चनपुरबाट तीन सय ८१ खेलाडी छनौट भएका थिए । उनीहरु २३ खेलका खेलाडी हुन् ।
जिल्ला छनौटका लागि ९ सय ५ खेलाडीले आवेदन दिएका थिए । कञ्चनपुरमा फुटबल ३६, भलिबल २८, लथलेटिक २५, क्रिकेट ३२, कबडी २८, बास्केटबल २४, ह्याडबल २४, ब्याडमिन्टन १३, टेबुलटेनिस ९, बुद्धिचाल ११, बक्सिङ्ग १३, उसु ९, तेक्वान्दो २६, कराँते २३, खोखो २२, फुलकन्ट्याक्ट १४, कुस्ती २१, आई आईटिएकफ तेक्वान्दो २६, सुटिङ्ग १३, जुडो ६, रग्बी २२, भारोत्तोलन ६ र जिम्नाटीका १ जना खेलाडी छनौट भएका छन् ।
