ghar sansar

प्रशिक्षक विनै कबर्ड हलमा अभ्यास गरेका कुस्तीका खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट, जसले एकले अर्कालाई सिकाउँदै खेल्दै गरेका थिए अभ्यास

khasi

महेन्द्रनगर । १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको कुस्तीका खेलाडी छानिएका छन् । महेन्द्रनगरमा प्रदेश छनौट प्रतियोगितामा महिला र पुरुषको खेलाडी छनौट गरिएका छन् ।

कुस्तीका १० पुरुष र ८ खेलाडी छनौट भएका छन् । उनीहरूमध्ये सात जना पहिलो पटक राष्ट्रिय प्रतियोगितामा भाग लिने भएका छन् ।

कुस्ती राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले सवैभन्दा बढी पदक पाउने खेल हो । यस अघि नवौमा कुस्तीले ५ पदक पाएको थियो । यस पटक पनि पदकको आश गरिएको कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बताए ।

यस पटक छनौट खेलाडी अघिल्लो पटक जस्तो हुन नसकेको प्रशिक्षक चन्दले बताए ।

प्रशिक्षक चन्द कुस्तीको राष्ट्रिय टीम सम्हाल्ने जिम्मा पाएपछि कञ्चनपुरमा ८ महिनादेखि कबर्ड हलमा प्रशिक्षण रोकिएको थियो ।

चन्दले राष्ट्रिय टोली सम्हालेपछि पुराना खेलाडीले नयाँलाई कुस्ती अभ्यास गराएका थिए ।

सुदूरपश्चिमको राष्ट्रिय टीममा अधिकाँश खेलाडी प्रशिक्षकको प्रशिक्षण बिना राष्ट्रिय प्रतिस्पर्धा खेल्ने भएका छ्न ।

कुस्तीका देश भर चन्द सहित तीन जना प्रशिक्षक छ्न । चन्द अघि कंचनपुरमा श्याम थापा प्रशिक्षक थिए ।

dirghayi clinic

थापापछि चन्द कुस्ती प्रशिक्षक भएका हुन् । २०६२ देखि कुस्तीमा नयाँ प्रशिक्षिक राख्न नसकिएको चन्दले बताए ।

‘खेलाडी नयाँ छन्, प्रशिक्षण गर्न सकिएको छैन, प्रशिक्षक नै भएन’ उनले भने, ‘मेडलको आश त छ, म त बाहिर भएकाले सिकाउन पाएन ।’

चन्द प्रदेश छनौटपछि फेरि उनी राष्ट्रिय प्रतियोगिताका लागि जाने छन् ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने सुनिल चौधरी, महेश जोशी,पवन धामी, संगिता पाल र बिमला सुनारले पदक जितेका थिए ।

१० औ राष्ट्रिय प्रतियोगिताका लागि पुरुषमा रोहित सार्की, सुनिल चौधरी, कैलाश शर्मा, लक्ष्मण नागरी, पवन धामी, सन्दिप सार्की, महेश जोशी, हरिश चन्द र बिनोद रैकाल छानिएका छन् ।

उनीहरूमा रैकाल १ सय २५ किलो तौल समूहमा छनौट भएका छन् ।

रोहित सार्की, ललित सार्की, सन्दिप सार्की र हरिश चन्द पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्न लागेका छन् ।

यसैगरी महिलामा बिनिता चौधरी, सुनिता पाल, किर्तिका चन्द, कलावती अवस्थी, निर्मला जाग्री, बिमला सुनार, माया भट्ट र अन्जली डगौरा छनौट भएका छन् ।

उनीहरूमा किर्तिका चन्द, कलावती अवस्थी र निर्मला जाग्री पहिलो पटक राष्ट्रिय खेल्न छनौट भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...