ghar sansar

ओमकार गुरु : हिजो जुन ठाउँको माटोमा कराँते खेलेका थिए, आज रेफ्री भएर त्यहीं ठाउँमा छन् दङ्ग

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का ओमकार गिरी एसएलसी परीक्षा दिएपछि २०४७ तिर कराँते खेल्न कबर्ड हल आउन थालेका थिए । महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कुलमा ९ कक्षापछि उनले दार्चुला गएर एसएलसी दिएका थिए ।

एसएलसी दिएर १७÷१८ बर्षको उमेरदेखि कराते खेल्न थालेका उनी त्यति बेला कबर्ड हलभित्र खेलेको सम्झन्छन् ।

भन्छ्न्, ‘सानो हुँदा लडाकु नेचर थियो, ब्रुस्ली किताब पढ्ने गथ्र्यौ , त्यहीबाट खेल्ने सोच आयो, त्यो बेला अहिले जस्तो थिएन, हामी त माटोमा खेल्थ्यौ ।’

अहिले १० औ राष्ट्रिय खेलकुदको प्रदेश छनौटका लागि महेन्द्रनगर कबर्ड हल पुगेका उनी कराँते खेल्दाका ती दिन सम्झना आउने गरेको बताउँछन् ।

दार्चुलाका कराते प्रशिक्षक गिरी यस पटक रेफ्री भएर प्रदेश छ्नौटमा सहभागी भएका छन् । यस अघिका राष्ट्रिय प्रतियोगितामा उनी आफै दार्चुलाको कराँते टीम लिएर प्रतियोगितामा सहभागी गराउँथे ।

‘यही माटोमा खेले, यतैबाट खेलेर काठमाडौ गएर तालिम लिए, प्रशिक्षक भए, आज म त्यही ठाउँमा छु, जहाँ हामी माटोमा खेल्थ्यौ’ उनले, ‘आज त कराँतेको हल छ, सबैको हल, कोच छन्, माटोमा खेलेको सम्झना आउँछ, खुसी लाग्छ र आज यही माटोमा रेफ्री भएर आएको छु ।’

कराँते प्रशिक्षक गिरीलाई रेफ्री भएको पनि १६ बर्ष पुगेको छ । २०५२ मा करार प्रशिक्षक नियुक्त भएका उनी ८ बर्षपछि स्थायी भएका थिए ।

कबर्ड हलमा पाच बर्ष लगातार खेलेपछि गिरीले काठमाडौ गएर तालिम लिएका थिए । त्यसपछि उनी करार प्रशिक्षक भएर प्रशिक्षण दिन थालेका थिए ।

कराते प्रशिक्षकहरु बिमल खडायत, कर्म सिंह र बिरेन्द्र चन्द गिरीका सहपाठी हुन् । उनीहरूमध्ये खडायत सेवा निवर्त भइ सकेका छन् । कबर्ड हलमा खेल्नदेखि काठमाडौंमा गएर प्रशिक्षण सबैले एकै साथ लिएका थिए ।

कबर्ड हलमा मदन उप्रेती र किशोर हमालले गिरीलाई कराते प्रशिक्षण दिएक थिए । हमालको निधन भइ सकेको छ । अर्का कोच उप्रेती रिटायर्ड भएका छन् ।

उप्रेतीले गिरीलाई जनकपुरमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराएका थिए । उनले जनकपुरबाट राष्टिय प्रतियोगितामा डेब्यु गरेका थिए ।

गिरी तेक्वान्दो खेल्दै कराँतेमा पुगेका थिए । २०२९ मा जन्मिएका गिरी २०४७ सम्म तेक्वान्दो खेलेका थिए ।

पाल्पा राष्ट्रिय खेलकुद प्रतियोगितासम्म तीन राष्ट्रिय खेलि सकेका उनी त्यसपछि प्रशिक्षक भएका थिए । प्रशिक्षक भएको एक वर्षसम्म त उनी खेलाडी भएर प्रतियोगितामा सहभागी भएका थिए ।

२०५२ मा करार नियुक्ति लिएर गिरी दुई बर्ष अछाम बसेका थिए । २०५४ मा अछामबाट दार्चुला पुगेपछि २०६० मा उनी स्थायी भएका हुन् ।

dirghayi clinic

त्यसो त त्यस अघि उनी दुई बर्ष उनले कराँते महासंघको कोच भएर दार्चुला र डडेल्धुरामा प्रशिक्षण दिएका थिए ।

अछाममा दुई बर्षमा करातेको क्रेज देखेको गिरी सम्झ्न्छ्न । करातेमा सधै क्रेज हुने उनी बताउँछन् ।

दार्चुला पुख्र्यौलीका गिरीले गिरीले खेलसंगै पढाईलाई निरन्तरता दिएका थिए । एसएलसी आइएस्सी गरी उनले गणित बिषय लिएर बीए गरेका थिए ।

‘आमा बुवाले केही गरोस भन्ने चाहनु हुन्थ्यो, साइन्स पढे, म्याथ पढे’ उनले भने, ‘बिषय जे पढे पनि मेरो भाग्यमै कराँते रहेछ, यसमौ जीवन बित्नु लाग्यो ।’

स्वर्गीय भुन्टे गिरी र पार्वती गिरीका तीन सन्तानमा कान्छा हुन् उनी । एथलेटिक्सका कोच चन्द्र गिरीबाट प्रभावित भएर खेलमा लागेका थिए । चन्द्र गिरी उनका सहोदर दाई हुन् ।

सुदूरपश्चिमका सवै जिल्ला कराते खेलाइने गरिन्छ । १० औ राष्ट्रियका लागि दार्चुला , कैलाली, कञ्चनपुर र डडेल्धुरा सबै तौल समूहका खेलाडी सहभागी भएका छन् ।

प्र्रदेश छ्नौटबाट राष्ट्रिय प्रतियोगिताका लागि ११ केटी र १० केटा छ्नौट हुने छन् ।

नवौ राष्ट्रियमा आनन्द कार्कीले स्वर्ण जितेका थिए । यस पटक ६÷७ खेलाडीले पदक जित्ने आश भएको गिरीले बताए ।

दार्चुला कोच भएपछि तीन सय बढीले ह्वाइट बेल्ट र एक सय भन्दा बढीले ब्ल्याक बेल्ट लिएको उनले बताए ।

दार्चुलाका १२ जना खेलाडी राष्ट्रिय टीम खेल्ने गरेका छन् ।

खेलाडी र प्रशिक्षक भन्दा रेफीको काम झन चुनौतीपूर्ण हुने उनी बताउँछन् । ‘यसमा त सानो मिस्टेक गर्ने पनि छुट छैन’ उनले भने ।

करातेमा खेलाडी क्रेज बढे पनि जिल्लामा रोक्न चुनौति बनेको उनले बताए ।

खेलाडी काठमाडौ र बिभागीय टीममा जाने ठूलो समस्या देखिएको उनी बताउँछन् । ‘खेलाडी राम्रो बनेपछि काठमाडौ जाने प्रदेश खेलले रोक्न पर्ने एकदमै जरुरी छ’ उनले भने ।

कराँतेमा अनुशासन,स्वास्थ र सुनिश्चित भविष्य भएकाले आफू खुसी भएको गिरी बताउँछन् ।

‘म खुसी छु, करातेबाट सम्मान पाए, केही गुमाएको जस्तो लाग्दैन’ उनले भने, ‘सम्मान पाएको छु, देशको मान बढाएको छु ।’

Himal dental
सम्बन्धित
Loading...