

महेन्द्रनगर । वडा प्रहरी कार्यालयमा दुई समूहबीच कुटाकुट भएपछि ६ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ५ का ५ जना र एक जना १७ नम्बर वडाका छन् ।
उनीहरुमा भीमदत्त नगरपालिका ५ का राम बहादुर लोहार(५८), राजेश लोहार (२२), रोहित लोहार(२६), रोशन लोहार(२२ ) र निशा लोहार (२७) का छन् । यसैगरी भीमदत्त १७ का विशाल कोली (२५) का पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले वडा प्रहरी कार्यालय बाहिर बाहिर उनीहरुबीच वाद विवाद भएर झगडा भएपछि नियन्त्रणमा लिएर हिरासतमा राखिएको जानकारी दिए ।

सामाजिक सञ्जालमा वडा प्रहरी कार्यालय बाहिर कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा आएका छन् ।
डिएसपी रावतले जारी प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा सार्वजनिक भिडियो वडा प्रहरी कार्यालय बाहिर झगडा भएपछि नियन्त्रणमा लिँदाको भएको उल्लेख गरेका छन् ।
भीमदत्त नगरपालिका ५ मा तिहारमा स्थानीयबीच झगडा भएपछि विवाद वडा प्रहरी कार्यालय पुगेको थियो । प्रहरीका अनुसार रोशन लोहारलाई राजेश लोहार र विशाल कोलीले कुटपिट गरेको भन्दै उजुरी आएपछि आइतबार दुबै पक्ष छलफलका लागि आएका थिए ।
प्रहरी कार्यालयमा छलफल हुन नपाउँदै उनीहरुबीच झगडा भएपछि डिएसपी रावत आफैं वडा प्रहरी कार्यालय पुगेका थिए ।

