ghar sansar

सहयात्री बहुमुखी सहकारी संस्थाले १८ औ बार्षिक साधारण सभा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ स्थित सहयात्री बहुमुखी सहकारी संस्थाले १८ औ बार्षिक साधारण सभा गरेको छ ।

सुदूरपश्चिम सरकारका पूर्व आर्थिक मामिला मन्त्री सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिंह थापाले साधारण सभा उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि थापाले सहकारीले गाउँ घरमा आर्थिक उन्नतिका लागि गरेको प्रयास सराहनीय भएको बताए ।

कार्यक्रममा पूर्व सभापति बिनोद बिष्ट, आदर्श खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष लिलाध्वज बस्नेत, सहकारीका पूर्व अध्यक्ष नर बहादुर साउद, समाजसेवी शंकर चन्द, बिष्णु जोशी लगायतका विशिष्ठ अतिथि थिए ।

सहकारीका अध्यक्ष दुर्गा प्रसाद अवस्थीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । सहकारीमा एक हजार तीन सय ४९ शेयर सदस्य छ्न । एक करोड ७३ लाख ९६ हजार ७ सय शेयर पुजी पुगेको छ ।

सहकारीले आफ्नै भवन बनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ लगायत कार्यक्रम गर्दै आएको छ ।

सहकारीमा दुई करोड १९ लाख बचत र एक करोड ३६ लाख फिर्ता भएको छ । यसैगरी तीन करोड ८० लाख रिण प्रवाह गरेको छ ।

सहकारीले ११ लाख ५४ हजार खुद नाफा कमाएको छ । सहकारी सित ६ करोड ४ लाख चालु सम्पत्ति छ । ६ करोड ७१ लाख कुल सम्पत्ति छ ।

dirghayi clinic

सहकारीका अध्यक्ष अवस्थीले उत्पादनशिल, आय मुलक र सुरक्षित क्षेत्रमा रिण लगानीलाई प्राथमिकता दिने बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणी, एसईईका उत्कृष्ठ विद्यार्थी र सहकारीका कर्मचारीलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री थापाले सबैलाई टीका र दोसल्ला लगाएर सम्मान पत्र प्रदान गरे ।

सहकारीले ज्येष्ठ नागरिक बिष्णु सिंह साउद र पार्वती देबी जैसीलाई सम्मान गरेको छ ।

असल बचतकर्तामा तर्क राज भट्ट र असल ऋणीमा पुजा कुमारी ऐर कुवर सम्मानित भएका छन् ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने अर्पण शर्मा, अनमोल चन्द, जगदीश ऐर र प्रास्ना बिष्टलाई सम्मान गरिएको छ ।
सहकारीले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा प्रवाह गर्दै आएको छ ।

सहकारीका व्यवस्थापक पवित्रा चन्दलाई सम्मान गरिएको छ । यसैगरी भीमदत्त नगरपालिका ३ ले आयोजना गरेको टोल कप प्रतियोगितामा विजयी जागृति टोलका खेलाडी सम्मानित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि थापा सहित सहकारीका सल्लाहकारहरु शंकर चन्द, विष्णु जोशी, नर बहादुर साउँद, हरि प्रसाद भट्ट अध्यक्ष, पूर्व सभापति विनोद विष्ट, भगवती कुवर लगायतले शुभ कामना मन्तव्य राखे ।

सहकारीका उपाध्यक्ष सरस्वती भाट धामीले कार्यक्रम सञ्चालन गरिन् ।

सहकारीको बन्द सत्रबाट अध्यक्ष, कोषाध्यक्ष, लेखा समितिको प्रतिवेदन सहित आगामी वर्षको बजेट र कार्यक्रम पारित गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...