ghar sansar

रास्वपा नेतृ गिरीले छाडिन् पार्टी, परिवर्तनको आश देखाएर भ्रममा राख्न खोजको आरोप लगाइन्

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ नर्पता गिरीले पार्टी परित्याग गरेकी छन् ।

सामाजिक सञ्जालमा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी गिरीले पार्टी छाडेको घोषणा गरेकी छन् ।

भीमदत्त नगरपालिकाकी गिरी २०८० मा रास्वपा सदस्यता लिएकी थिइन् ।

जीवनमै पहिलोपटक रास्वपाबाट राजनीति सुरु गरेकी उनी पार्टीको माथिल्लो तहका नेताहरूले जनतालाई परिवर्तनको आशा देखाएर भ्रममा राख्ने काम मात्रै गरेको आरोप लगाएकी छन् ।

dirghayi clinic

महाधिवेशन प्रतिनिधिसमेत रहेकी गिरीले पार्टी नेतृत्व गलत बाटोमा अघि बढिरहेको टिप्पणी गरेकी छन्। नेतृत्वका गतिविधिप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टी त्याग्ने निर्णयमा पुगेको उनको भनाइ छ।

उनले भनेकी छन्

रास्वपाको सदस्यता मेरो जीवनको पहिलो पार्टी सदस्यता थियो । मेरो सानो योगदानले पनि देश बन्छ भन्ने विश्वासले मात्र म जोडिएकी थिएँ । तर यहाँको नेतृत्वले त्यो विश्वास टिकाउन सकेन । जनतालाई भ्रममा राख्ने काम मात्र भइरहेको छ । सबैलाई नेता मात्रै बन्नुछ, तर काम गर्ने कोही छैन । कुरा सबैका ठूला, काम भने शून्य । यस्तो अवस्थामा म चुप लागेर बस्न सक्दिनँ ।

जनताका आकांक्षा धेरै छन् । जनताले परिवर्तन चाहेका छन्, जनताले मलाई पनि सोधिरहेका हुन्छन् के हुँदैछ भनेर, तर यहाँको नेतृत्वले त्यो भरोसाको सम्मान गर्न सकेन । त्यसैले मैले पार्टी छोडेकी हुँ । अबदेखि म स्वतन्त्र छु । स्वतन्त्र रहेर आफ्नो सामथ्र्यअनुसार योगदान दिइरहनेछु ।

कतिपयले मलाई स्वार्थी भनेर कमेन्ट गरेका छन् । म स्वार्थी हो भने तुरुन्त निकट भविष्यमा स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसमा भाग लिनुपर्ने हो मैले । तर मलाई जे नेतृत्वमा भइरहेको छ त्यो ठिक लागेन । त्यसैले पार्टी त्याग गरे । देश बनाउन पद र पार्टी होइन, इमानदार कर्म चाहिन्छ । कुरा होइन, काम देखाऔँ । सबै सबैमा धन्यवाद ।

Himal dental
सम्बन्धित
Loading...