
पारिजात र तुलसीको बोटमा पानी हाल्दै पूर्व मन्त्रीद्वय साउँद र लेखकले गरे काँग्रेस संस्थापन इतरको कञ्चनपुर जिल्ला अधिवेशन

महेन्द्रनगर । काँग्रेसका पूर्व मन्त्रीद्वय एनपी साउँद र रमेश लेखकले गमलामा राखिएका विरुवामा पानी सेचन गरी संस्थापन इतरको १५ औं जिल्ला अधिवेशन उद्घाटन गरेका छन् ।
काँग्रेस पार्टी कार्यालयमा बुधबार जिल्ला अधिवेश सुरु भएको छ । पूर्व मन्त्री साउँद प्रमुख र लेखकले विशिष्ठ अतिथि भएर उद्घाटन कार्यक्रममा सहभागी भएका छन् ।

काँग्रेस जिल्ला सभापति पदम बोगटीले उद्घाटन समारोहमा अध्यक्षता गरे ।
सभापति बोगटीले राजनीतिक, सचिव हेमराज ओझाले साँगठनिक र कोषाध्यक्ष पबन बिक्रम सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा साँउँद र लेखक सहित नेताहरु कुन्दनराज काफ्ले, गोबिन्द बहादुर शाह, मधुदेबी भारती, गोपादत्त भट्ट, केशब चन्द, हरि चन्द ठकुरी लगायत नेताले शुभ कामना मन्तव्य राखे ।
उद्घाटन अघि बजार क्षेत्रमा र्याली सहित परिक्रमा गरिएको छ ।

काँग्रेस पार्टी कार्यालयबाट गाजाबाजा र छलिया नृत्य सहितको र्याली कञ्चनपुर उद्योग बाणिज्य संघ, क्याम्पस रोड, मदनचोक, चमनचोक हुँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय भएर पार्टी कार्यालय पुगेर उद्घाटन समारोहमा परिणत भएको छ ।
बजारमा र्याली अघि पार्टी कार्यालय पुगेका नेताद्वय साउँद र लेखकलाई भव्य स्वागत गरियो । काँग्रेस नेता कार्यकर्ता सबैले उनीहरुलाई सयपत्रीको फूलको माला लगाए ।

कार्यक्रम उद्घाटनका लागि मञ्चबाट तल झरेपछि साउँदले लेखकको हात समातेर विरुवा राखिएको गमला नजिक पुगाए ।
उनीहरुले काँग्रेस स्वर्गिय नेताका तस्बिरमा मल्र्यापण गरे ।
काँग्रेस संस्तापन इतरले १५ आंै महाधिवेशन अन्र्तगत यस अघि क्षेत्र, प्रदेश, पालिका र वडा अधिवेशन गरेको छ ।
काँग्रेस पार्टी कार्यालयमा भएका सबै अधिवेशनमा विरुवामा पानी सेचन गरी उद्घाटन गरिएका थिए । जिल्ला अधिवेशनमा पारिजात र तुलसीको विरुवामा पानी सेचन गरिएको छ ।
बिहीबार निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिइएको छ । अधिवेशनमा दुई हजार दुई सय ८२ मतदाताले सहभागी हुन पाउने छन् ।
