
काँग्रेस संस्थापन इतरको जिल्ला अधिवेशन उद्घाटनमा यो अनौठो दृष्य, अतिथि जतिलाई मञ्चमा बोलाएर कार्पेटमा आशन ग्रहण, पलेटी कसेर बसे नेताहरु

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर कञ्चनपुरको १५ औं जिल्ला अधिवेशन उदघाटन समारोहमा केही अनौठा दृष्य देखिएका छन् । काँग्रेस पार्टी कार्यालयबाट बाजा गाजा सहित महेन्द्रनगर बजारमा ¥याली निकालेपछि अधिवेशन उद्घाटन गरिएको छ ।
अधिवेशन उद्घाटनमा प्रमुख र विशिष्ठ सहित सबै अतिथि मञ्चमा पुगेर कार्पेटमा बसेका छन् । मञ्चमा आशन ग्रहण गर्न अघि उनीहरु सबैले मञ्च उक्लिन बनाएको फलामे सिँढी नजिक आफ्ना जुत्ता फुकालेर राखेका थिए ।

विगतका अधिवेशनमा मञ्चमा आशन ग्रहण हुने सबै अतिथिको कुर्चीमा आशन ग्रहण हुने गरेको थियो । यस पटक उद्घाटन समारोह विगतभन्दा फरक बनाए सबै अतिथिलाई मञ्चमा कुर्ची विना कार्पेटमा आशन ग्रहण गराइएको छ ।
अधिवेशन उद्घाटन समारोहमा काँग्रेस नेता पूर्व मन्त्री एनपी साउँद प्रमुख अतिथि र पूर्व मन्त्री रमेश लेखक विशिष्ठ अतिथि थिए ।
कञ्चनपुर काँग्रेसका सभापतिलाई कार्यक्रमको अध्यक्षता गराएपछि प्रमुख सहित अन्य अतिथिलाई आशन ग्रहण गराइएको थियो ।
प्रमुख अतिथि साउँद र विशिष्ठ अतिथि लेखक दुबै जिल्ला सभापति बोगटीको दाँया बाँया बसेका थिए ।
यस अघि असोज १५ गते भएको वडा र त्यसपछिको पालिका तथा क्षेत्रीय अधिवेशनमा नेताहरुका लागि मञ्चमा कुर्ची राखिएको थियो ।
अधिवेशन उद्घाटन शैली भने पालिका अधिवेशनबाट फेरिएको थियो । गमलामा राखिएका विरुवामा जल सेचन गरी अधिवेशन उद्घाटन गरिएको छ ।
काँग्रेस युवा नेता उमेश जोशीले मञ्चमा बस्ने अतिथि र अन्य सबै सहभागी समान भएको सन्देश दिन कार्पेटमा आशन गराइएको बताए ।

सभापति बोगटीले राजनीतिक, सचिव हेमराज ओझाले साँगठनिक र कोषाध्यक्ष पबन बिक्रम सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा साँउँद र लेखक सहित नेताहरु कुन्दनराज काफ्ले, गोबिन्द बहादुर शाह, मधुदेबी भारती, गोपादत्त भट्ट, केशब चन्द, हरि चन्द ठकुरी लगायत नेताले शुभ कामना मन्तव्य राखे । उद्घाटन अघि बजार क्षेत्रमा ¥याली सहित परिक्रमा गरिएको छ ।
काँग्रेस पार्टी कार्यालयबाट गाजाबाजा र छलिया नृत्य सहितको ¥याली कञ्चनपुर उद्योग बाणिज्य संघ, क्याम्पस रोड, मदनचोक, चमनचोक हुँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय भएर पार्टी कार्यालय पुगेर उद्घाटन समारोहमा परिणत भएको छ ।
बजारमा ¥याली अघि पार्टी कार्यालय पुगेका नेताद्वय साउँद र लेखकलाई भव्य स्वागत गरियो । काँग्रेस नेता कार्यकर्ता सबैले उनीहरुलाई सयपत्रीको फूलको माला लगाए ।
कार्यक्रम उद्घाटनका लागि मञ्चबाट तल झरेपछि साउँदले लेखकको हात समातेर विरुवा राखिएको गमला नजिक पुगाए ।
उनीहरुले काँग्रेस स्वर्गिय नेताका तस्बिरमा मल्र्यापण गरे ।
काँग्रेस संस्तापन इतरले १५ आंै महाधिवेशन अन्र्तगत यस अघि क्षेत्र, प्रदेश, पालिका र वडा अधिवेशन गरेको छ ।
काँग्रेस पार्टी कार्यालयमा भएका सबै अधिवेशनमा विरुवामा पानी सेचन गरी उद्घाटन गरिएका थिए । जिल्ला अधिवेशनमा पारिजात र तुलसीको विरुवामा पानी सेचन गरिएको छ ।
बिहीबार निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिइएको छ । अधिवेशनमा दुई हजार दुई सय ८२ मतदाताले सहभागी हुन पाउने छन् ।
