ghar sansar

पूर्व गृहमन्त्री लेखकले भने– हामी दुबै यहीं जिल्लाका हौ, त्यसैले आज हामी अतिथि होइनौ, गोबिन्द शाह र कुन्दन काफ्लेजी वास्तविक अतिथि हुनु हुन्छ

khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखकले काँग्रेस संस्थापन इतरको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै सहभागी आफू सहित प्रमुख अतिथि एनपी साउँद जिल्लावासी भएकाले वास्तविक अतिथि नभएको बताएका छन् ।

काँग्रेस पार्टी कार्यालयमा उद्घाटन समारोहमा पूर्व मन्त्री गोबिन्द शाह, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दराज काफ्ले शुभ कामना दिएपछि कार्यक्रमलाई लेखकले सम्बोधन गरे ।

ratnam
dirghayi clinic

उनले शाह र काफ्ले कार्यक्रमको वास्तविक अतिथि भएको उल्लेख गर्र्दै कार्यक्रममा सहभागी भएर आफ्ना धारणा राखेकामा धन्यवाद दिए ।

‘आदरणीय प्रमुख अतिथि एनपीजी र म त यसै जिल्लाको हो, पटक पटक आइ रहन्छौ, बोलि रहन्छौ, हाम्रा कुराहरु तपाईहरुले निरन्तर सुनि राख्नु भएको छ, आज हामी वास्तविक अतिथि होइनौ, निर्वाचन क्षेत्र यहीं हो, घर पनि यही हो, एनपीजीको २ नम्बर हो’ उनले भने, ‘त्यस कारण अतिथिका रुपमा हाम्रो बीचमा हाम्रा नेता भनेको गोबिन्द बहादुर शाह, कुन्दनराज काफ्लेजी हो, आइ दिनु भयो, केही नयाँ कुरा राख्नु भयो, जोश र उत्साह दिलाउनु भयो, त्यसका लागि म तपाईहरुले आफ्नो अभिव्यक्ति राख्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौ ।’

लेखकले अधिवेशन आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

Himal dental
सम्बन्धित
Loading...