
काँग्रेस संस्थापन इतर कञ्चनपुरको जिल्ला समिति चयनको निर्वाचन प्रक्रिया प्रक्रिया हुँदैछ सुरु, दुई हजार बढी प्रतिनिधि सहभागी

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको १५ आंै जिल्ला अधिवेशन अन्र्तगत निर्वाचन प्रक्रिया सुरु हुन लागेको छ । काँग्रेस पार्टी कार्यालयमा निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्वाचन समितिका सदस्य उमेश जोशीले मतदाता नामावली सार्वजनिक गर्ने तयारी भएको बताए । बुधबार १५ औं जिल्ला अधिवेशन उद्घाटन भएको हो ।

अधिवेशनमा दुई हजार दुई सय ८२ नेता कार्यकर्ता सहभागी हुन पाउने छन् । पूर्व मन्त्रीद्वन्द्वय एनपी साउँद र रमेश लेखकले अधिवेशन उद्घाटन गरेका थिए ।
काँग्रेसमा जिल्ला सभापति विभिन्न पदमा निर्वाचन गरी नयाँ समिति निर्वाचित हुने छ ।
निर्वाचन समितिका अनुसार सभापति एक, उप सभापति, सचिव र सह सचिव दुई दुई जना निर्वाचनबाट निर्वाचित हुने छन् ।

यसैगरी नगरपालिकाबाट एक महिला सहित ३ जना गरी २१ जना र गाउँपालिकाबाट एक महिला सहित २ जना गरी ४ जना सदस्य निर्वाचित हुने छन् ।
निर्वाचनबाट अपाङ्गता भएका व्यक्ति एक जना र १७ जना समावेशी सदस्य निर्वाचित हुने निर्वाचन समितिका संयोजक नरेन्द्र सिह भण्डारीले जानकारी दिए ।
निर्वाचन समितिका अनुसार समावेशी अन्र्तगत १८–२८ र ४० वर्ष मुनि उमेर समूहबाट वर्ष उमेर समूह एक महिला र एक पुरुष गरी २ जना निर्वाचित हुने छन् ।
समावेशी अन्र्तगत ४ महिला, खस आर्य ५ जना, थारु १ जना, मधेसी मुस्लिम १ जना, श्रमिक विज्ञ १ जना र द्वन्द्व पीडित, सहिद परिवार र प्रजातन्त्र सेनानी एक जना सदस्य हुने छन् ।
निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क पनि तोकेको छ । सभापति उम्मेदवारका लागि ५ हजार उम्मेदवारी शुल्क तोकिएको छ ।
यसैगरी उप सभापति र सचिवका लागि तीन हजार पाँच सय, सह सचिव तीन हजार र सदस्यका लागि एक हजार पाँच सय शुल्क तोकिएको छ ।
समितिले उम्मेदवारी शुल्क फिर्ता नहुने सूचना जारी गरेको छ ।
