ghar sansar

कांग्रेस दुई भई सक्यो, लुकाउन छिपाउन केही छैन – लेखक

khasi

महेन्द्रनगर । कांग्रेसको देउवा पक्षका नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताएका छन् ।

कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले मिलाउने प्रयत्न गर्दागर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा आफूहरू लागेको बताए ।

ratnam

‘वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नका निमित्त हामीले वडादेखि संगठन गर्दै संगठित हुँदै यो अवस्थामा पुगेका छौं । आज जिल्ला अधिवेशन हुँदैछ,’ नेता लेखकले भने, ‘हामीले मिलाउने प्रयत्न गर्दा–गर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका छौं ।’

dirghayi clinic

हरेक तहमा कांग्रेसका दुई वटा समिति बनेको भन्दै उनले पार्टी र समग्र राष्ट्रिय राजनीतिको अवस्था सुखद् नभएको पनि बताए ।

‘पार्टीको आन्तरिक जीवनको कुरा गर्दा पनि प्रतिकूल अवस्था छ भने समग्र राष्ट्रिय अवस्था पनि धेरै सुखद् देखा परेको छैन,’ लेखकले भने, ‘नेपाली कांग्रेसका लागि अहिले विषम् अवस्था छ । हामी अप्ठ्यारो अवस्थामा छौं ।’

पूर्वगृहमन्त्री लेखकले कांग्रेस दुई भइसकेको पनि जिकिर गरे । ‘लुकाउनु–छिपाउनु केही छैन, पार्टी दुई भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको आत्मा, विचार, भावना यहीँ छ ।’

लेखकले कञ्चनपुरका नेता–कार्यकर्ताहरूलाई आत्मबलका साथ अगाडि बढ्न पनि आग्रह गरे । ‘यो नै नेपाली कांग्रेस हो,’ उनले भने, ‘यो आत्मबलको साथ अगाडि बढ्नु होला ।’

साभार : अनलाइन खबर

 

Himal dental
सम्बन्धित
Loading...