ghar sansar

सुुदूरपश्चिम फेरि फाइनल प्रवेश, उपाधिका लागि फेरि लुम्बिनीसँग भिड्ने

khasi

महेन्द्रनगर । सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै ३ संस्करणको एनपिएलमा सुदूरपश्चिमले हरेक पटक फाइनलमा स्थान बनाएको हो ।

अब सुदूरपश्चिमले पुनः उपाधिका लागि लुम्बिनी लायन्सको समना गर्नेछ । अघिल्लो वर्ष पनि लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल भएको थियो । जसमा लुम्बिनी विजयी भएको थियो ।

ratnam

दोस्रो क्यालिफायरमा चितवनले दिएको १३४ रनको सामान्य लक्ष्य पछ्याएको भए पनि सुदूरपश्चिमलाई जित्न सहज भने भएन । उसले जितका लागि ७ विकेट गुमाएर १९.५ ओभरसम्म कुर्नुप¥यो ।

श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेले अन्तिम चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित मात्र दिलाएनन् । आफूले पनि अर्धशतक पूरा गरे । उनले ४२ बलमा अविजित ५३ रन बनाएका हुन् ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले १५, इशान पाण्डे र आरिफ शेखले समान १० रन बनाए । यस्तै, जर्ज मुन्सेले ८, फाबियन एलेनले ५, स्कट कुगेलेइनले २र रन बनाए भने दीपक बोहरा खाता नखोली अविजित रहे ।

चितवनको बलिङ प्रदर्शन भने ब्याटरले सामान्य लक्ष्य मात्र दिन सकेका कारण निर्णायक हुन सकेन । रञ्जित कुमारले २ विकेट लिए भने रिजन ढकाल, कमलसिंह ऐरी, उसामा मिर र सलाहुद्दिन खानले समान १ विकेट लिए ।

dirghayi clinic

डेथ ओभर बलिङ गरेका कमिल मिशरा र कुशल मल्ल विकेटविहीन रहे । यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा चितवनले टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो ।

चितवनले १.२ ओभरमै विकेट गुमाउन थालेको थियो । यो क्रम लगातार रह्यो । पावर प्लेमा ३२ रन बनाएको अवस्थामा ३ विकेट गइसकेको थियो । तर, यस्तो अवस्थालाई डाविड मलानले लगभग एक्लै उकासे । लगातार विकेट जाँदा पनि ओपनर मलान आउट नहुँदा चितवनले सम्मााजनक स्कोर बनाएको हो ।

मलानले अर्धशतकीय पारी खेल्दै ५१ बलमा ७१ रन बनाए । सलाहुद्दिन खानले आशा जगाए पनि उनी १८ रन बनाएको अवस्थामा १८ रनमा आउट भए । १०औँ क्रममा आएका कमलसिंह ऐरीले छक्का प्रहार गर्दै खेलललाई रोमाञ्चक बनाए । उनी ८ बलमा १० रन बनाएर आउट भए ।

अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमको बलितर्फ अनिल खरेलबाहेक अन्यको ठिकै रह्यो । १ ओभर बलिङ गरेका अनिलले ११ रन खर्चिए । स्कट कुगेलेइनले सर्वाधिक ३ विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेटसहित किफायती बलिङ गरे ।

उनको इकोनमी ५ को मात्र रह्यो । थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी र इशान पाण्डेले १ विकेट लियो । अर्धशतक बनाएका मलानले क्याच छुटेका कारण जीवनदान पाए । नत्र चितवन १३३ भन्दा कम रनको खुम्चिने अवस्था थियो ।

इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ६१ रनको भारी अन्तरले हराएर दोस्रो क्वालिफायरमा पुगेको चितवन सुदूरपश्चिमसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

सुदूरपश्ह्चिम भने पहिलो र दोस्रो एनपिएलमा लगातार फाइनल खेले पनि हालसम्म उपाधिविहीन छ । अब शनिबार उ पहिलो उपाधिको खोजीमा लुम्बिनीविरुद्ध आमनेसामने हुनेछ ।

साभार : सौर्य दैनिक

Himal dental
सम्बन्धित
Loading...