ghar sansar

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी काँग्रेस संस्थापन इतरको निर्वाचन प्रक्रिया अनिश्चितकाल स्थगित

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतर कञ्चनपुरको १५ औं जिल्ला अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएपछि अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया रोकिएको छ ।

निर्वाचन समितिसित नेताहरुले सहमतिका लागि छलफल गराउन समय मागेपछि अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।

ratnam

काँग्रेस अधिवेशनमा अधिकाँश सदस्य निर्विरोध भए पनि जिल्ला पदाधिकारीमा धेरै उम्मेदवार भएका छन् । पदाधिकारीमा उप सभापतिमा सबैभन्दा धेरै सात जना र सचिवमा कम चार जना उम्मेदवार छन् ।

सभापति र सह सचिवमा ६÷६ जना चुनावी मैदानमा आएपछि नेताहरु आन्तरिक छलफल गरी सहमति गराउन लागेका छन् । यस अघि वडा, पालिका, क्षेत्र र महाधिवेशन प्रतिनिधि सबै सर्वसम्मत चयन गरिएका थिए ।

जिल्ला अधिवेशन उद्घाटनमा काँग्रेसका नेताद्वय एनपी साउँद र रमेश लेखकले सहमतिका आधारमा जिल्ला समिति चयन गर्न आग्रह गरेका थिए ।

शनिबार दिउँसो उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।

काँग्रेस पार्टी कार्यालयमा शुक्रबार विहान ११ : ०० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो । निर्वाचन समितिले शनिबार दिउँसो अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

जिल्ला सभापतिमा पदम बोगटी सहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान उप सभापति मिन बहादुर सिंह र सचिव हेमराज ओझा सभापतिका उम्मेदवारका भएका हुन् ।

सभापतिमा तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्द, तरुण दलका पूर्व केन्द्रीय सदस्य कृष्ण पनेरु र पुष्पराज पाण्डेय सभापतिका लागि उम्मेदवारी दिएका छन् ।

काँग्रेस जिल्ला पदाधिकारीमध्ये उप सभापततिमा सबैभन्दा बढी सात जनाले उम्मेवारी दिएका छन् ।

दुई उप सभापतिका लागि भीम राज भट्ट सहित प्रकाश राज पन्त, भानु भक्त भट्ट, सिद्वराज भट्ट, दिल बहादुर देउवा, पवन बिक्रम सिंह र पशुपति थापा मगर उम्मेदवार भएका छन् । उनीहरुमध्ये निवर्तमान समितिमा भट्ट सचिव र सिंह कोषाध्यक्ष थिए ।

dirghayi clinic

काँग्रेस जिल्ला सचिवका लागि चार जनाको उम्मेदवारी परेको छ । दुई सचिवका लागि झंकर खड्का, गणेश भट्ट, नर बहादुर साउद र निरन्जन प्रसाद भट्ट उम्मेदवार भएका छन् ।

दुई सह सचिवका लागि पुस्कर राज जोशी, राजेश कुमार ठकुराठी, भीम बहादुर दमाई, तारा सिंह भाट, उत्तम राज भट्ट र माधव प्रसाद भट्टले उम्मेदवारी भएका छन् ।

उनीहरुमध्ये जोशी दोधारा चाँदनी नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी १४ औं महाधिवेशनबाट काँग्रेस कञ्चनपुर ३ प्रदेश ख का सचिव थिए ।

गरपालिका अन्र्तगत जिल्ला सदस्यका लागि भीमदत्तका लागि जगदीश विष्ट, धन सिंह महरा, धर्म सिंह रावल, दिलिप खड्का बिनोद र सुरक्षा खड्का उम्मेदवार भएका छन् ।

बेदकोटबाट डम्बरा मल्ल, लोकेन्द्र बहादुर रोकाया, धर्म बहादुर देउवा, दोधारा चाँदनी मनकला खनाल पुजारा, कमलापति भट्ट र महाबीर रोकाया, शुक्लाफाँटा नगरपालिका बीर बहादुर साउँद र नवराज पन्त, कृष्णपुर देबी चौधरी, अमर बहादुर विष्ट र मोहन बहादुर बस्नेतले जिल्ला सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

पुनर्वासबाट निर्मला तमौली, लछी बोहरा, दल बहादुर धामी, बेलौरी गोपी गुरुङ्ग, हेमराज शाही र बिरेन्द्र चन्द बेलौरी नगरपालिकाबाट सदस्यमा उम्मेदवार भएका छन् ।

बेलडाँडी गाउँपालिकाबाट भागरथी शाही, देब सिंह ठगुन्ना, नर बहादुर सिंह, लालझाडीबाट छविलाल जोशी सदस्यका उम्मेदवार भएका छन् ।
समावेशी सदस्यतर्फ नव युवामा १८–२८ मा केशव जोशी र करिश्मा पुजारा, ४० वर्ष मुनिको सदस्यमा बिमल भट्ट र मन्जु कुँबर उम्मेदवार भएका छन् ।

चार महिला सदस्यका लागि मन्जुदेबी सिंह, शक्तीसी सि सुनार कार्की, निलम आले, जोत्सना कुमारी विष्ट उम्मेदवार भएका छन् ।

खस आर्यमा नरेन्द्र बहादु्र बोहरा, नवराज जोशी, राजेन्द्र बहादुर सिंह, लोक बहादुर बुढा, पदम बहादुर विष्ट, भोजराज भट्ट, उत्तम कुमार बोहरा, कमल ठकुल्ला, राजेन्द्र रावल, शंकर सिंह भण्डारी र अमर बहादुर मल्लले जिल्ला सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

जिल्ला सदस्यमा थारुबाट केवल सिंह राना, मधेसीमा सुनिता ठाकुर, श्रमिक विज्ञ दिलु प्रसाद बोहरा, सुुरेन्द्र बहादुर सिंह, द्वन्द्व पीडित, सहिद परिवार, प्रजातन्त्र सेनानीमा देब बहादुर जोराको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका सदस्य उमेश जोशीले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ता भएको र शनिबार अन्तिम नामावली प्रकाशन गरिने बताए ।

जिल्ला अधिवेशनमा दुई हजार दुई सय ८६ मतदाताले मतदान गर्न पाउने छन् ।

Himal dental
सम्बन्धित
Loading...