ghar sansar

गाउँ घरका विद्यालय पनि छन् यति अब्बल, ज्ञान वाटिकाका दुई विद्यार्थीले गरे पूर्ण छात्रबृत्तिमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा पास

khasi

महेन्द्रनगर । कास्की पुख्र्यौलीका महेन्द्रनगर मल्ल ठकुरी घुमघामका लागि सुदूरपश्चिम आएका बेला भीमदत्त नगरपालिका १८ गोबरैयाका वकिल चन्दबीच भेटघाट भयो ।

भेटघाट बाक्लो हुँदै दुबै जनाबीच मित्रता झाँगियो । दुबै जनाले व्यवसाय संचालन गर्ने सोच बनाए । मल्लले पुख्र्यौली थलोबाट टाढा आएर बस्न निधो गरे ।

ratnam

बैतडी मेलौली २ कपर्तका चन्द त्यस अघि तराई झरि सकेका थिए । दुबैले तीन दशक अघि साझेदारीमा बिद्यालय सुरु गरे । अन्ततः त्यहीं मित्रताले व्ययवसायिक साझेदारीको मोड लिएर दुबैलाई एक अर्कासित छुट्टिन नसक्ने बनाई दिएको छ ।

२०५३ मा उनीहरू दुबै मिलेर खोलेको ज्ञान बाटिका माध्यमिक विद्यालय स्थापना ३० बर्ष पार गरेको छ । तीन कक्षाको अनुमति लिएर सुरु गरिएको विद्यालयले २०६२ देखि एसईई परीक्षा सहभागि हुँदै  आएको छ ।

‘कुनै बगैँचाबाट ज्ञान बाँड्ने हेतुले त्यो बेला हामीले ज्ञान बाटिका नाम राखेर विद्यालय खोल्यौ’ विद्यालयका प्रिन्सिपल समेत रहेका मल्लले भने, ‘अज त यहाँ पुगेका छौ, त्यो बेला र अहिलेको समय धेरै नै फरक भइ सक्यो ।’

झण्डै एक हजार विद्यार्थी अध्ययन गर्ने ज्ञान बाटिका चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षा नतिजा सार्वजनिक गरेपछि फेरि चर्चामा आएको छ ।

२०८० को एसईई ब्याचका दुई विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि पास भएका छ्न । बिद्यालले उनीहरू दुबैलाई बधाई दिएको छ।

कपिल भट्ट र अंकित भट्टले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउन लागेका हुन । दुबैले नर्सरीदेखि ज्ञान बाटिकामा पढेका हुन् ।

एइईपछि कपिलले काठमाडौ र अंकितले रेडियन्ट माबि पढेका थिए ।

‘यो बिद्यालय पढेका विद्यार्थी भविष्यमा देशका लागि राम्रो जनशक्ति बन्ने कुरा हामी र बिद्यालयका लागि मात्रै नभएर समाज र देशका लागि राम्रो हो’ विद्यालयका भाइस प्रिन्सिपल टेक वहादुर चन्दले भने, ‘हामी निकै खुशी छौ, गौरबवान्तित छौ ।’

चिकित्सक अध्ययनका लागि छनौट उनीहरू पढाईमा सुरुदेखि अब्बल थिए ।

dirghayi clinic

पढाइ बाहेक उनीहरू अतिरिक्त कृयाकलापको हाजिरी जवाफ सहित प्रतियोगितामा भाग लिने गरेका थिए । मल्लले दुबै विद्यार्थी अनुशासित, मिहिनेती र इमान्दार भएको बताए ।

दुबैलाई सम्मान गरिने चन्दले बताए । बिद्यालयका विद्यार्थीले यस अघि पनि पटक पटक चिकित्सा शिक्षा आयोगको परीक्षा पास गरि सकेका छन् ।

उनीहरुलेमध्ये केही महाकाली प्रादेशिक अस्पतालमा कार्यरत छन् ।

महाकाली प्रादेशिक अस्पतालका चिकित्सकद्व्य डा. रेजिना बैज र लोकराज बोहरा ज्ञान बाटिकाका विद्यार्थी हुन् । बिदेश गएका डा. किशोर बोहराले पनि ज्ञान बाटिका पढेका थिए ।

भाइस प्रिन्सिपल चन्दले विद्यार्थीलाई आत्म निर्भर बन्न सक्ने लक्ष्य राखेर विद्यालयले अध्ययन अध्यापन गराउँदै आएको बताए ।

‘विद्यार्थी आफ्नो खुट्टामा उभिएर बाच्न सकोस, आत्म निर्भर बन्न सकोस भन्ने चाहन्छौ’ उनले भने ।

पक्की भवन र पर्याप्त खेल मैदान भएको बिद्यालयले नियमित पठनपाठन बाहेक अतिरिक्त कृयाकलापलाई प्राथमिकता दिएको चन्दले बताए ।

हरेक शुक्रबार हाजिरी जवाफ, नृत्य लगायतका कार्यक्रम हुने गरेका छ्न । बिभिन्न अवसरमा फुड फेस्टिबल , अन्तर सदनात्मक प्रतियोगितामा आयोजना हुँदै आएका छन् ।

बिद्यालयले सैद्धान्तिक कक्षापछि फिल्ड भिजिट लगायत बिभिन्न माध्यमवाट प्रयोगात्मक कक्षा हुने गरेको चन्दले बताए । एईई परिक्षा र खेलकुदमा बिद्यालयले सधै उत्कृष्ट नतिजा ल्याउँदै आएको चन्द बताउँछन् ।

२०६६५ मा राष्ट्रपति रनिङ्ग शिल्डमा एथ्लेटिक्स बिधामा ज्ञान बटिका प्रथम भएको थियो । बिद्यालयका एथलेटिक्स खेलाडी मनि राम डगौले अन्तरास्ट्रिय प्रतियोगितामा भाग लिएका थिए ।

बेदकाट नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विद्यालयले बर्सेनी पदक जित्दै आएको छ । भलिबल प्रतियोगितामा सधै प्रथम स्थान हासिल गरेको चन्दले बताए ।

बेदकोटका सबै १० वडा र भीमदत्तको १ र २ नम्बर वडाका विद्यार्थी पनि विद्यालयमा पढ्ने गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...