ghar sansar

अशोक चन्दले यस्तै सम्मेलन गर्न बनाएका होलान त यो पार्क ?

khasi

महेन्द्रनगर । दुई वर्ष अघि धनगढीमा गरिएको विकास पत्रकारिता तालिममा प्रशिक्षक वरिष्ठ पत्रकार धर्मेन्द्र झाले बेदकोट नगरपालिकाका तत्कालिन मेयर अशोक कुमार चन्दको कार्यकालमा गरिएका केही कामको उदाहरण प्रस्तुत गरेका थिए ।

मेयर चन्दको कार्यकालको ती काम नयाँ र दिगो विकाससित सम्बन्धित भएको प्रशिक्षक झाको भनाई थियो ।

ratnam

ती दुई काममध्ये पहिलो काम थियो – बेदकोट नगरपालिका ४ मा लिङ्गा पर्यटकीय गन्तव्य बनाउने र अर्को काम नगरपालिका कार्यालय नजिक चौधर किनारमा उद्यान निर्माण ।

२०७४ को स्थानीय तह निर्वाचनमा चन्द बेदकोटको मेयरमा निर्वाचित भएका थिए ।

संघीय शासन व्यवस्था लागू भएपछि तत्कालिन सुडा र दैजी गाविस गाभेर बेदकोट नगरपालिका बनाइएको थियो ।

सिसैया नजिक भाडामा घर लिएर सुरु गरिएको नगरपालिका चन्द मेयर भएपछि चौधर नजिक नदी किनारको नयाँ भवनमा सञ्चालन गरिएको थियो ।

नयाँ भवनमा कार्यालय सञ्चालन भएपछि मेयर चन्दले चौधर नदी किनारको क्षेत्रमा पार्क बनाएका हुन् । नगरपालिकाले त्यसलाई बेदकोट उद्यान पार्क नामाकरण गरिएको छ ।

पार्क बनाउन नगरपालिकाको साढे तीन करोड रकम खर्च भएको छ । पार्कभित्र स्वीमिङ्ग पुल लगायतका अन्य संरचना पनि निर्माण गरिएका छन् । नदी किनारतिरको पर्खाल दुई वर्ष अघि बाढीले भत्किएको थियो ।

पार्कभित्र शारीरिक व्यायाम, घुमफिर र आराम गर्न स्थानीय जाने गरेका छन् । पार्कभित्र निर्माण गरिएको भवन कोरोना कालमा क्वारेन्टाइन राखिएको थियो ।

नगरपालिकाले करोडौ खर्च गरी बनाएको पार्कमा मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सहित जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहरा, विभिन्न स्थानीय तहका प्रमुख उप प्रमुख, अधिकारकर्मी, नागरिक समाजका अगुवा, जन प्रतिनिधि पुगेका छन् ।

उनीहरु सबै पार्क अवलोकन, आराम, विचरण र व्यायामका लागि नभई पार्कभित्र जमिन टेन्ट लगाएर आयोजना गरिएको छैठो कञ्चनपुर सम्मेलनमा सहभागी भएका हुन् ।

सम्मेलनका लागि तयारीका लागि पार्कभित्रको जमिनमा जेसिभी लगाएर सफा गरिएको थियो । सम्मेलन गरिएको स्थान नजिक घाँसपात, माटो सहितको थुप्रो बनाएर छाडिएको छ । बेदकोट नगरपालिका कार्यालय आफैंले पार्कभित्र जेसिभी लगाएर खोस्रेको हो ।

सुदृढ तथा दिगो विकासका लागि उत्थानशील पालिका मञ्चले गरेको सम्मेलनको अध्यक्षतामा बेदकोटका मेयर भोजराज बोहरा आफैंले गरेका छन् ।

dirghayi clinic

गैर सरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले उत्थानशिल पालिका मञ्चको अगुवाईमा सम्मेलन आयोजना गर्न लगाएको हो । एनएनएसडब्लुले पछिल्लो समय विपद् न्यूनीकरण सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।

पार्कको सौन्दर्य बिगार्ने गरी टेन्ट लगायतका संरचना गाडिएपछि पार्क कुरुप जसतो देखिन थालेको स्थानीयले बताए ।

बेदकोट नगरपालिकाले सम्मेलनका लागि चालु आर्थिक वर्षमा चार लाख बजेट छुट्याएको छ । संस्थाले सम्मेलनमा गर्ने बजेट अहिलेसम्म जानकारी नदिएको बेदकोट नगरपालिकाका कर्मचारीले बताए ।

बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले कार्यक्रम सञ्चालन गरे । कार्यक्रमका लागि बेदकोट नगरपालिकाले सोमबार कार्यालयमा छलफल गरेको थियो ।

कार्यालयको पार्कमा टेन्ट गाडेर कार्यक्रम आयोजान हुने जानकारी पाएपछि प्रमुख प्रशासकीय अधिकृत आचार्यले विपद् फोकल पर्सन महादेब जोशीलाई बोलाएर जानकारी लिएका थिए ।

जोशीले आफूलाई पनि जानकारी नभएको बताएपछि सूचना प्रविधि अधिकृत सुनिल चन्दलाई बोलाइएको थियो । चन्द यस अघि बेदकोटमा विपद् फोकल पर्सन थिए ।

चन्दले कार्यक्रमबारे जानकारी गराएपछि प्रमुख प्रशासकीय अधिकृतले जानकारी नदिई कार्यक्रम गर्न लागिएको भन्दै आक्रोश पोखेका थिए ।

नगरपालिका कार्यालयका अनुसार सम्मेलनका आधिकारिक पत्र दिईएको छैन ।

‘खै के कसरी गरियो, त्यहाँ आयोजना भएको मात्रै थाह भयो’ नगरपालिकाका एक जन प्रतिनिधिले भने ।

सम्मेलनमा अधिकाँश वडाका वडा अध्यक्ष सहभागी भएनन् ।

सम्मेलनका कारण मंगलबार चार नबज्दै अधिकाँश कर्मचारी बाहिर निस्कि सकेका थिए ।

सम्मेलन पार्कमा आयोजना गरिएको कारणबारे जानकारी लिन प्रमुख प्रशासकीय अधिकृत आचार्यसित जानकारी लिने प्रयास सफल हुन सकेन ।

सम्मेलन सकिएपछि कर्मचारीहरु सम्मेलन स्थलबाट सोफा, कुर्ची, टेबल लगायतका समान कार्यालयमा ल्याएका छन् । सम्मेलनका सहभागीले पार्क फोहर हुन पुगेको छ ।

पार्कको घाँसपात कुल्चिएपछि कुरुप जस्तो देखिएको सम्मेलनमा टेन्ट नजिक भेटिएका नगरपालिकाका कर्मचारीले बताए ।

सम्मेलनमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, उप प्रमुख सहित विभिन्न स्थानीय तहका मेयर उप मेयर सहभागी भएका छन् ।

सम्मेलनमा स्थानीय तहबीच आपसी समन्वय, सहकार्य, सुशासन, विपद् उत्थानशीलता तथा दिगो विकासका सवालमा छलफल एवं विचार आदानप्रदान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...