ghar sansar

व्यवसायी बन्दै छन् स्वरोजगार तालिम पाएका महिला

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट ८५ जना महिलालाई स्वरोजगारमूलक तालिम दिई व्यवसाय तर्फ उन्मुख गराइएको छ ।

कार्यक्रम अन्तर्गत सिलाई कटाई, गुडिया बनाउने, व्यूटीपार्लर र हस्तकला (ढकिया) बनाउने अल्पकालीन तालिम प्रदान गरी महिलाहरुलाई स्वरोजगार बनाउनका लागि कार्य अगाडि बढाइएको हो ।

Anant bahu travels

तालिम प्रदान गरिएका महिलाहरुको थप क्षमता अभिबृद्धि गरी व्यवसाय सञ्चालन गर्नका लागि पूँजी र प्रविधि हस्तान्तरणका लागि कार्य अगाडि बढाइने कार्यक्रमका सहजकर्ता धन बहादुर चौधरीले बताए ।

‘लघु उद्यमको विकास र प्रवर्द्धनको माध्यमबाट गरिबी निवारणमा सहयोग पु¥याउने उद्देश्यले गरिबी निवारणका लागि एक वर्ष देखि कार्यक्रम सञ्चालन गरिएको छ’ उनले भने, ‘उद्यमशीलता तालिम व्यवसाय स्थापना तथा सञ्चालनका लागि आवश्यक उत्प्रेरणा तथा व्यावसायिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम प्रदान गरी गरिबीको रेखामुनि रहेका महिलाहरुलाई दक्ष पारेका छौँ ।’

उनका अनुसार तालिममा गरिबीको रेखामुनि रहेका, वैदेशिक रोजगारीबाट फर्किएका वा स्वदेशमा रोजगारी गुमाएका बेरोजगार व्यक्ति, उच्च शिक्षा पढ्ने अवसरबाट बञ्चित, मजदुरी गरी खाने व्यक्तिहरुको छनौट गरी तालिम प्रदान गरिएको छ । तालिममा १६ वर्ष देखि ४० वर्ष सम्मका युवा समावेश हुने गरी छनौट गरी सहभागी गराइएको थियो ।

dirghayi clinic

‘नयाँ लघु उद्यमी सृजना गर्नका लागि वडाको छनौट गरी, लक्षित समूहको उपस्थिति, रोजगारीको स्थिति र गरिबीको स्थिति लघु उद्यमको लागि उपलब्ध हुने श्रोत कच्चा पदार्थको अवस्थाको उपलब्धता र विश्लेषण गरी तालिम आयोजना गरेका हौँ, चौधरीले भने, ‘तालिम गरिबीको रेखामुनि रहेका, महिला, दलित, जनजाति थारु सीमान्तकृत, पीछडा वर्ग, अपांगता भएका व्यक्ति र लैंगिक तथा यौनिक अल्पसंख्यक र अति गरिबको पहिचान गरी सहभागी गराई सीपमा आधारित व्यवसाय गर्न सक्ने बनाएका छौँ ।’

तालिम लिएका मध्ये आधा जतिले व्यवसाय शुरु गरेका छन्। बाँकीले व्यवसाय सञ्चालनका लागि कार्य अगाडि बढाएका छन्। कार्यक्रम सञ्चालनका लागि हाल नगरपालिकाको वडा नं ४, ८ र १२ लाई छनौट गरिएको छ। क्रमशः नगरपालिकाका १२ वटै वडामा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

हस्तकला अन्तर्गत ढकिया बनाउने तालिम लिएका सुवा रानाले सीप सिकेर व्यवसायिक रुपमा उत्पादन गरिएका बस्तुहरु बजारमा बिक्री गर्नका लागि समस्या रहेको बताइन ।

‘सीप सिकेर वस्तु उत्पादन गर्न थालेका छौँ, उनले भनिन्, ‘यसको बजार प्रवर्द्धन सँगै थप तालिमको व्यवस्था गरिदिए व्यवसायलाई अगाडि बढाउन निकै सहज हुन्छ ।’

परम्परागत सीपलाई समय अनुरुप परिमार्जन गरी तालिम लिएका महिलाहरुलाई व्यवसायिक बनाउनका लागि कटिबद्ध रहेको नगर प्रमुख रण बहादुर महराले बताए । बजार व्यवस्थापनका लागि नगरपालिकाको शाखाले कार्य अघि बढाउने उनले बताए ।

‘परनिर्भर रहेका महिलाहरुलाई आत्म निर्भर बनाउनका लागि स्वरोजगारमूलक तालिम दिई व्यवसायिक बनाएका छौँ,’ नगरपालिकाको उद्योग शाखाका प्रमुख रुद्र ओलीले भने, ‘महिलाहरुलाई आफ्नै खुट्टामा उभिने बनाउनका लागि तालिमले सघाउ पु¥याएको छ ।

घर खर्चकै लागि श्रीमानको मुख ताक्ने महिलाहरु हाल आफैँ कमाई गरी परिवारको खर्च चलाउन सक्ने भएका छन्। यो सबै नगरपालिकाले सञ्चालन गरेको तालिमको उपलब्धी हो । ‘

Himal dental
सम्बन्धित
Loading...