ghar sansar

दार्चुलामा एकल महिलालाई जिउँदै जलाएर हत्या, दुई जना पक्राउ

khasi

महेन्द्रनगर । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । ​ शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो ।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घटनाको कारण भने खुल्न नसकेको उनले बताए।

dirghayi clinic

खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए । उनका श्रीमानको सात वर्ष अघि मृत्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् ।

घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ। शङ्कास्पद एक जना फरार रहेको बताइएको छ। घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा पुगेका छन्।

प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ।

Himal dental
सम्बन्धित
Loading...