वनकट्टीको शान्ति आधारभूत विद्यालयमा नव निर्वाचित वडा जनप्रतिनिधिलाई सम्मान

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयले वडाका नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत र सम्मान गरेको छ । विद्यालयमा कार्यक्रम गरी निर्वाजितलाई सम्मान र निवर्तमान वडा समितिलाई विदाई गरेको छ ।

deepak

स्थानीय तह निर्वाचनबाट भोजराज जोशी अध्यक्षमा निर्वाचित भएका छन् । यस अघि उत्तम बहादुर विष्ट वडा अध्यक्ष थिए ।
विद्यालयले कक्षा ८ का विद्यार्थीहरुको पनि विदाई गरेको छ । विद्यालयमा कक्षा ८ सम्म मात्रै पठनपाठन हुने गरेको छ ।

विद्यालयका प्रधानाध्यापक उत्तम विष्टका अनुसार वडा अध्यक्ष सहितको उपस्थितिमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालयले शुक्रबार सरुवा भएकी शिक्षिका राधिका सिहको पनि विदाई गरेको छ ।

 

सम्बन्धित
Loading...