
दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का अध्यक्ष ओम वस्नेतले अछामी टोलमा नयाँ बाटो खोलेका छन् । अछामी टोलका २९ घर परिवारलाई सुविधा पुग्ने गरी अढाई किलोमिटर बाटो खोलिएको छ ।
एशियन स्टार स्कुल नजिकको अछामी टोलका स्थानीयले वर्षौैदेखि बाटो खोल्न माग गर्र्दै आएका थिए । स्थानीय तह निर्वाचनमा अध्यक्ष वस्नतेले वासिन्दाको माग अनुसार बाटो खोल्ने वाचा गरेका थिए । चुनावी वाचा अनुसार अध्यक्ष वस्नतेले निर्वाचित भएपछि बाटो खोल्ने प्रयास गरेका थिए ।
यसैगरी अध्यक्ष वस्नेत कमलशा आधारभूत विद्यालयमा समेत निरीक्षण गरेका छन् । उनी नगरपालिकाका प्रवक्ता समेत हुन् ।
