ghar sansar

काँग्रेसका प्रदेश सभापतिले भने–भ्रष्टाचार गरे कारवाही हुन्छ

khasi

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार गरे पार्टीले कारबाही गर्ने बताएका छन् ।

शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित स्थानीय तहमा कांग्रेसबाट निर्वाचित प्रदेशभरिका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई गरिएको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै सभापति बलायरले यस्तो चेतावनी दिएका हुन् ।

dirghayi clinic

उनले भने, ‘प्रदेश समिति आइसकेपछि हामीले दिएको टिकटबाट तपाईँहरु निर्वाचित हुनु भएको छ, तपाईहरुले राम्रो गरे पार्टीको नाम उच्च रहन्छ, गलत गरे बद्नामित हुन्छौं, तसर्थ गलत काम नगर्नु होला ।,’

उनले कांग्रेसबाट जितेका जनप्रतिनिधिले गतल काम गरेको र आर्थिक अनियमितता गरेको भेटिएमा पार्टीले कारबाही गर्ने उनले बताए । उनले भने, ‘अघिल्ला जनप्रतिनिधिहरुको व्यक्तिगत स्वार्थकै कारण बाझाबाझ हुँदा गतिलोगरी काम हुन सकेन, अब नयाँ जनप्रतिनिधिले त्यस्तो गरेको भेटिएमा प्रदेश कार्य समितिले बाँकी राख्दैन ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट जितेका स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी थिए।

Himal dental
सम्बन्धित
Loading...