दोधारा । जगबुडा नदी नजिक र टिनले बनाइएका छाप्रो जस्तो अस्थायी प्रहरी पोस्ट । आकाशको चुहिने पोष्टमा रात बिताउँछन् । सशस्त्र प्रहरी जवान । आकाशबाट पानी आउन थालेपछि पानी पोष्टमा चुहिएर रातभरी जाग्रम बस्छन् सशस्त्र प्रहरी जवान ।
हावा हुरीको बेलामा भने हावाहुरीले पोष्टका टिन उडाउछ कि भन्ने डरले टिनको पाता जवानहरुले समातेर रातभरी बस्नु पर्दै आएको उनीहरुको पीडा छ । हावा हुरी तथा पानी आएको दिन राम्रोसंग र खाना र सुत्न समेत नपाएको उनीहरुको पीडा छ । पानी परेको बेला मात्रै हैन गर्मीको समयमा पनि छानोको टिनले खलखली पसिनामा रात काट्नु पर्ने सशस्त्रका जवानहरुको भनाई रहेको छ ।
कुतियाकवरमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट जगबुडा नदीको नजिकै रहेको हँुदा सर्पको डर पनि त्यतिकै छ । नदी नजिक वरीपरि झाँडी रहेको हुदा सर्पसंगै मच्छरको टोकाई पनि उनीहरुका लागि थप पीडा छ । सरकारले सशस्त्र प्रहरीलाई सिमानामा बस्न त निर्देशन दियो तर भौतिक पूर्वाधार नभएको कारण सशस्त्र प्रहरीको खाना र बस्न समस्या झेलि रहेका छन् ।
दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रमा सरकारले सीमा क्षेत्रमा अवधै गतिविधि हुन नदिन तथा सीमा सुरक्षार्थको लागि सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने कार्य अघि बढाइएको छ ।
दोधारा चाँदनी नगरपालिकामा सशस्त्र प्रहरीको बलबैन्द, बडवाल टोल, देबिस्थान, कञ्चनभोज, कुतियाकवर दोधारा चाँदनीको नेपाल–भारत सिमा बस्ती नजिक सशस्त्र प्रहरीले आफ्नो स्थायी र अस्थायी पोष्ट खडा गरेको हो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ देबिस्थान र वडा नं. १ बैलबन्द बाहेक सबै पोष्ट नाजुक अवस्थामा छन् । वर्षामा पोष्ट चुहिएर बस्न नसकिने अवस्था भएको नाउ उल्लेख नगर्ने सर्तमा एक सशस्त्र प्रहरी जवानले बताए ।
सीमा क्षेत्रमा अनैतिक कार्य नहुन नदिन नेपाल भित्रिन नदिन गृह मन्त्रालयको निर्देशन बमोजिम उनीहरु सीमा तैनाथ छन् । तर, सीमा खटिएका सशस्त्र प्रहरीको बस्न र खानाको लागि अहिले मौसमले सताइरहेको छ । सीमा क्षेत्रमा उनीहरुको लागि गतिलो क्याम्प छ ।
दैनिक जसो हावा हुरी, पानी पर्न थालेपछि अस्थायी प्रहरी पोस्टका प्रहरी जवानले दुःखका दिन बिताउन थालेको बताईएको छ् । भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यसंग जोडिएको खुला सीमा दोधारा चाँदनीमा ३५ किलोमिटर पर्छ ।
केही दिन अघि मात्रै दोधारा चाँदनी नगरपालिका कार्यालयले उनीहरुको कर्कटपाता र आवश्यक सामग्री उपलब्ध गराए पनि स्थायी बिओपी निमार्ण नहँुदा सशस्त्र प्रहरी जवानहरुले निकै सास्ती व्यहोर्नु बाध्य छन् ।