ghar sansar

प्रधानमन्त्री देउवा महेन्द्रनगर आउँदै, विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी

janjyoti campus

महेन्द्रनगर । प्रधानमन्त्री शेर बहादुर देउवा केही घण्टापछि महेन्द्रनगर पुग्न लागेका छन् । प्रधानमन्त्री देउवा कुलपतिको हैसियतमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लागेका हुन् । उनी काठमाडौंबाट प्रस्थान गरि सकेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सालघारीस्थित केन्द्रीय क्याम्पसमा दिउँसो दीक्षान्त कार्यक्रम तय गरिएको छ । विश्वविद्यालयले दिउँसो १२ः३० बजे कार्यक्रम राखेको थियो । प्रधानमन्त्री आउन ढिलो हुने भएपछि कार्यक्रममा ढिलाई हुन लागेको छ ।

western public academy
dirhayu

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विश्वविद्यालयको १३ औँ स्थापना दिवससंगै दोस्रो दीक्षान्त समारोहमा दिक्षित हुने १ हजार १८ विद्यार्थीमध्ये ३ सय १८सहभागी हुने जानकारी दिए ।

पाठकको संयोजकत्वमा ३५ सदस्यीय मूल आयोजक समिति सदस्य बनाइएको छ । स्नातकोत्तर तहमा कुलपति पदक ४ जना, स्नातक तहमा उप कुलपति पदक ८ जना सहित स्नातक र स्नातकोत्तर तह गरी ५८ जना गोल्ड मेडल पाउने भएका छन । ‘दुवै तह सबै संकाय टपर विद्यार्थीले गोल्डमेडल पाउने भएका छन, ‘रजिष्ट्रार पाठकले भने, ‘अन्य सबै दिक्षित हुने छन ।’

विश्वविद्यालय सिनेटबाट हरेक वर्ष फागुन २७ गते दीक्षान्त समारोह गर्ने निर्णय गरिएको थियो । कोरोना महामारीका कारण निर्णय अनुसार दिक्षान्त गर्न सकिएको छैन ।

कुमाउ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्र कुमार जोशीको प्रमुख आथित्यमा हुने कार्यक्रममा प्रधानमन्त्री देउवा लगायतका सहभागी हुने भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...