ghar sansar

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शिक्षक कर्मचारीलाई स्वतः स्थायी गर्न लागिएको भन्दै चौतर्फी विरोध, सिनेटबाट निर्णय पारित नगर्न खबरदारी

khasi

महेन्द्रनगर । सुुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रक्रिया विना सामुदायिक कलेजका शिक्षक कर्मचारीलाई स्वतः स्थायी गर्ने प्रक्रिया अघि बढाउन लागेको भन्दै चौतर्फी विरोध भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह अघि बस्ने सिनेट बैठकबाट स्वतः स्थायी गर्ने निर्णय गर्न लागिएको बाहिर आएको छ ।

विश्वविद्यालयका उपकूलपति प्रा.डा अम्मराज जोशीले यसका लागि शिक्षक कर्मचारीका नियुक्ति र सिफारिश सम्बन्धी विनियम संशोधनको प्रस्ताव सिनेटमा लैजाने तयारी गरेका छन् । विश्वविद्यालय स्रोतका अनुसार उपकूलपति जोशीले तयार पारेको प्रस्तावमा शिक्षक कर्मचारीलाई स्थायी बनाउन सेवा आयोगले तोकेका प्रस्ताव संशोधन गरी स्वतः हुने व्यवस्था गरिएको छ ।

Anant bahu travels

स्रोतका अनुसार उपकूलपति जोशीले शिक्षक कर्मचारीको नियुक्ति र सिफारिश विनियम २०७८ को पहिलो संशोधनमा सेवा आयोगले तोकेको अन्तर्वार्ता र प्रतिस्पर्धामा सहभागी हुनु पर्ने व्यवस्थालाई हटाएर स्वतः स्थायी हुनु प्रस्ताव तयार गरेका छन् । यसैगरी कर्मचारी विनियम २०७८ मा संशोधन गरी स्थायीका लागि सेवा आयोगले तोकेको प्रक्रिया पूरा नगरी स्वतः स्थायी हुने प्रस्ताव तयार गरिएको छ ।

उपकूलपति जोशीले सिनेट बैठकमा लैजान तयार गरेको यी प्रस्ताव बैठक अघि नै विवादमा तानिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यस विरुद्ध खुलेर लागेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ती दलका नेता, विद्यार्थी नेता र अन्यले पनि उपकूलपतिको प्रस्तावको आलोचना गर्दै सिनेट बैठकमा पारित नगर्न खबरदारी गरेका छन् ।

dirghayi clinic

विद्यार्थी नेताहरुले विश्वविद्यालयका पदाधिकारीहरुले शिक्षक कर्मचारीबाट रकम अशुल गरी स्वतः स्थायी बनाउन खोजेको आरोप पनि लगाएका छन् ।

नेकपा एमालेको अनेरास्ववियुका केन्द्रीय सदस्य गणेश सिह ऐरीले सेवा आयोग विना शिक्षक कर्मचारी स्थायी गरिनु खेदजनक कार्य भएको बताए ।

‘यो अन्यन्तै खेदजनक कार्य छ, विश्वविद्यालयका केही पदाधिकारीले शिक्षक कर्मचारीबाट मोटो रकम अशुलेर अप्राज्ञिक कार्य गरेको पनि सुन्नमा आएको छ’ उनले भने,‘यस्ता गलत हर्कत गरी निर्णय गरिए आन्दोलनमा जान्छौ ।’

नेता ऐरीले विश्वविद्यालय अनुदान र शिक्षा मन्त्रीलाई निर्णयबारे ध्यानाकर्षण गराएका छन् । उनले फेसबुकबाट गलत निर्णय गराउने कार्यमा संलग्न सबैलाई सामाजिक बहिस्कार गर्न समेत आव्हान गरेका छन् ।

सत्ता साझेदार एकीकृत समाजवादी सम्बद्ध अखिलका जिल्ला संयोजक रमेश पन्तले कुनै पनि प्रक्रिया विना स्थायी गरिने प्रक्रियालाई तत्काल रोक्न चेतावनी दिएका छन् । उनले विश्वविद्यालय कसैको बिर्ता नभएकाले गलत कार्य नगर्न खबरदारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका नेता किशोर भट्टले विचौलियाहरुले विश्वविद्यालयलाई खोक्रो बनाउन लागेकोमा चिन्ता जाहेर गर्दै सिनेटबाट स्वतः स्थायी बनाउन लागेको निर्णय विरोध गर्न सबैमा अपील गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...