ghar sansar

प्रधानमन्त्री देउवाले जनप्रतिनिधिलाई भने – जनताको भावना र चाहना अनुसार काम गरौ

महेन्द्रनगर । प्रधानमन्त्री शेर बहादुर देउवाले जनप्रतिनिधिले जनताको चाहना र भावना अनुसार काम गर्न पर्ने बताएका छन् ।
नेपाली काँग्रेस कञ्चनपुरले आयोजना गरेको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभ कामना कार्यक्रममा उनले चुनावमा गरिएका वाचा पूरा गर्नु पर्ने बताए ।

होटेल ओपेरामा आयोजित कार्यक्रमपछि उनी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि प्रस्थान गरेका छन् । विश्वविद्यालयको कुलपतिको हैसियतमा उनी समारोहमा अध्यक्षताको आसन ग्रहण गर्ने छन् ।

Himal dental
सम्बन्धित
Loading...