पत्रकार पक्राउ प्रकरणमा एमाले नेता रोकाया भन्छन्– प्रहरीले ठिक गरेछ
माओवादीका भट्ट भन्छन्, प्रहरीले ठोकेछ, अब जनताले कुट्ने निश्चित छ
महेन्द्रनगर । नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरका सदस्य कमल रोकायाले पत्रकार रनि विवशलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख्ने कार्य ठिक भएको बताएका छन् ।
एमाले सम्बद्ध प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश भट्टले पत्रकार विवशलाई पक्राउ गरी हिरासतमा राखिनु निन्दनीय घट्ना भएको भनेर फेसबुक स्टेटशमा नेता रोकायाले प्रहरीले ठिक गरेको भनेर कमेन्ट लेखेका छन् । एमाले नेता रोकायाले लेखेका छन्, ठिक गरेछ ।’
नेता रोकायाको कमेन्टपछि प्रेस चौतारीका केन्द्रीय सदस्य भट्टले अरुलाई पर्दा रमाउनु राम्रो नभएको र भोलि आफूलाई पनि पर्न सक्ने जवाफ फर्काएका छन् ।
रोकायाको कमेन्टमा प्रकाशदत्त भट्टले पनि रोकायाजी धेरै रिसाउनु भएको रहेछ भनेर कमेन्ट गरेका छन् ।
चौतारीका केन्द्रीय सदस्य भट्टको स्टेटशमा माओवादी केन्द्रका नेता दिपक भट्टले पनि हिरो बन्न खोजेपछि प्रहरीले ठोकेको भन्दै प्रशंसा गरेका छन् । उनले अहिले प्रहरीले ठोकेको र यसपछि जनताले पत्रकारलाई ठोक्ने निश्चित भएको कमेन्ट गरेका छन् ।
सोमबार राति अलकपत्रा बोकको डिस्ट्रिब्युटर्स आगजनीको समाचार संकलनको क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्ना नेतृत्वको टोलीले पत्रकार विवशलाई विना कारण पक्राउ गरी हिरासतमा लिएको थियो । नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध विभिन्न संस्थाले पक्राउको विरोध गरेका छन् ।