पत्रकार महासंघ केन्द्रीय समितिले भन्यो : पत्रकार पक्राउ प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो, यो निन्दनीय छ

Amity

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचार संकलनका बेला कञ्चनपुरका पत्रकार रनी विवशलाई पक्राउ गरी हिरासतमा राखने कार्यको निन्दा गरेको छ ।

महासंघ केन्द्रीय समितिका महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति प्रकाशित गरी पत्रकार पक्राउले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

janjyoti campus

‘नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई बिना कारण पक्राउ गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै निन्दनीय काम भएको महासंघको ठहर छ । महासंघका केन्द्रीय महासचिव रोशन पुरीले हस्ताक्षरित गरिएको विज्ञप्तीमा प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहो¥याउन सम्बन्धीत पक्षको ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव राम सिह ठगुन्ना र नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले मंगलबार नै विज्ञप्ति प्रकाशित गरी घट्ना निन्दा गर्दै संलग्न प्रहरी अधिकृतलाई कारवाही गर्न माग गरि सकेका छन् ।

मंगलबार पत्रकार महासंघ कञ्चनपुरको ज्ञापन पत्र बुझ्दै प्रहरी प्रमुख श्याम सिह चौधरीले घटना बारे क्षमायचना गर्दै दोषि प्रहरी निरीक्षक ठगुन्नामाथि कार्बाही गर्ने आवश्वासन दिएका छन । आगलागी भएको डिस्ट्रीब्यूटरको मुचुक्का उठ्यो कि ? उठेन भन्ने प्रशन गर्दा प्रहरी निरीक्षक ठगुन्नाले पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै गाडीमा राखेर हत्केडी लगाएर हिरासत पुगाइएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...