Sarsoti

स्वतन्त्र यातायात मजदुर संगठनको ४३ औं स्थापना दिवस मनाइयो

lotus institute

महेन्द्रनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको श्रमको सम्मान, मर्यादित काम,सामाजिक सुरक्षा कार्यान्वयन हाम्रो अभियान भन्ने नारा सहित ४३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसर पारी रक्तदान, स्वास्थ्य शिविर सञ्चालन र वसपार्कमा सरसफाई कार्यक्रम गरिएको छ ।

तीमध्ये स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम बिहीबार गरिएका छन् । बुधबार वसपार्क क्षेत्रमा सरसफाई गरिएको थियो ।

morning glory

वसपार्क क्षेत्रमा गरिएको रक्तादान कार्यक्रममा १६ पिन्ट रगत संकलन गरिएको छ ।स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमा संगठनका केन्द्रीय सदस्य शंकर जोशीको प्रमुख आतिथ्यमा गरिएको छ । संगठनका केन्द्रीय सदस्य जोशी सहितले रक्तदान गरेका छन् । यसैगरी निःशुल्क स्वास्थ्य शिविरमा ८० जना यातायात मजदुरको स्वास्थ्य परीक्षण गरिएको छ ।

Mahendranagar

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भीमदत्त नगर कमिटीका अध्यक्ष टेकराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा यातायात क्षेत्रका मजदुर सहभागी भएका छन् ।

संगठनका केन्द्रीय सदस्यज जोशीले स्थापना दिवसको अवसरमा आज (बिहीबार) साँझ वसपार्क क्षेत्रमा दिप प्रज्वलन गर्ने कार्यक्रम राखिएको बताए ।

saark school
सम्बन्धित
Loading...