ghar sansar

दोधारा चाँदनीको बजेट ७२ करोड ८२ लाख

khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक २०७९÷०८० का लागि झण्डै ७२ करोड ८२ लाख बराबरको बजेट ल्याएको छ । दोधारा चाँदनी नगरपालिकाको शुक्रबार सम्पन्न आठौ नगर सभाबाट बजेट पारित गरिएको हो । नगर सभाबाट नीति तथा कार्यक्रमसंगै बजेट पारित गरिएको छ ।

आगामी बजेटमा वित्तिय समानीकरण १४ करोड १२ लाख, सशर्त अनुदान १८ करोड ७२ लाख, संघीय राजश्व बाँडफाँड ९ करोड ९८ लाख, संघबाट समपुरक अनुदान २ करोड, प्रदेश राजश्व बाँडफाँड २२ लाख ४४ हजार, प्रदेश वित्तिय समानीकरण १ करोड २ लाख ५७ हजार, प्रदेश विशेष अनुदान ५३ लाख, प्रदेश समपुरक अनुदान १ करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानी ३ करोड ६४ लाख ४१ हजार, सडक बोर्डबाट रु. ३५ लाख, गत वर्षको मौजदाबाट २ करोड र सामाजिक सुरक्षा १९ करोड ५ लाख ४० हजार आय अनुमान गरिएको छ ।

त्यस्तै गरि खर्चतर्फ चालु खर्च ३६ करोड १५ लाख ८२ हजार ५ सय ६० र पुँजीगत खर्च १७ करोड ६१ लाख १३ हजार गरी ७२ करोड ८२ लाख ३६ हजार २ सयको बजेट प्रस्तावना गरिएको छ ।

dirghayi clinic

नगरपालिकाले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवास भएकालाई व्यवस्थापन, कृषि संकलन केन्द्र तथा मलखादको डिपो स्थापना गर्ने योजना अघि सारेको छ । यसैगरी, एक घर एक करेशाबारी, कृषि उत्पादन भण्डारणका लागि चिस्यान केन्द्र स्थापना देखि बजारीकरण लगायतका योजना नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

ग्रामीण विद्युतीकरण र सडक कालोपत्रे, सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाईने, सौर्यबत्ती जडान, किसानलाई सहयोग तथा तालिम लगायत तीन खम्बे अर्थनीति अबलम्बन गर्ने, रोजागरीको अवसर सृजना हुने योजनालाई प्राथमिकता दिने, जंगली जनावर रोकथामका लागि दिर्घकालिन संरक्षणको उपाय अपनाइने, नगर क्षेत्रमा भवन संरचनाको नक्सा पास अनिवार्य गर्ने, अर्गानिक व्यवसायलाई प्रोत्साहनलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।

सभामा नगर उपप्रमुख गंगा जोशीले वार्षिक नीति, कार्यक्रम पेश गरेकी थिइन् । आर्थिक विकास समितिका संयोजक तथा दोधारा चा“दनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बजेट पेश गरेका थिए ।

नगर सभामा संघिय संसाद डा. दिपक प्रसाद भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल, कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री मान बहादुर सुनार लगायतले सम्बोधन गरेका छन् । नगर प्रमुख किशोर कुमार लिम्बुले नगर सभाको अध्यक्षता गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...