बेदकोटमा दलित समुदायका जनप्रतिनिधि र अगुवालाई तालिम

महेन्द्रनगर । वेदकोट नगरपालिकामा दलित जनप्रतिनिधि र अगुवा दलित महिलाका लागि दुई दिने क्षमता अभिवृद्धि एवम् नेतृत्व विकास तालिम सुरु भएको छ । वेदकोट नगरपालिकाको सहयोगमा सामुदायिक महिला तथा बालबालिका विकास केन्द्रले दलित जनप्रतिनिधि र अगुवा दलित महिलाहरुका लागि तालिम सञ्चालन गरेको छ ।

कार्यक्रममा नगर उप प्रमुख तुलसी जोशीले दलित महिला र जनप्रतिनिधिहरुको क्षमता र नेतृत्व विकासका लागि वेदकोट नगरपालिकाले सदैव पहल गर्ने बताइन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.