शुक्लाफाँटा नगरपालिकाको ८० करोड ५२ लाखको बजेट

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा

Amity

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको ११ औं नगर सभामा आब ०८९÷०८० का लागि रु ८० करोड ५२ लाख ५१ हजार ५६० को बजेट प्रस्ताव गरिएको छ ।

नगर उप प्रमुख कल्पना कुमारी जोशी(पन्तले आय तर्फ वित्तिय समानिकरण अनुदान (संघ सरकार) रु १५ करोड ९१ लाख, राजश्ववाँडफाँड अन्तशःल्क, मूल्य अभिबृद्धि कर (संघ सरकार)रु १२ करोड ६२ लाख ६३ हजार, प्रदेश समनिकरण तर्फ एक करोड १४ लाख ९२ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्ववाँडफाँड रु ५३ लाख ४८ हजार, क्षेत्रिय सहरी विकास कार्यक्रमबाट रु ८७ लाख ७७ हजार आम्दानी हुने अनुमान गरिएको बताए ।

janjyoti campus

उनका अनुसार सामाजिक सुरक्षा अनुदान रु १७ करोड १ लाख ६२ हजार ५६०, संघ सरकारबाट प्राप्त शर्सत अनुदान २३ करोड ३० लाख,समपूरक अनुदान (संघीय सरकार)रु एक करोड ११ लाख विशेष अनुदान, प्रदेश सरकारबाट प्राप्त २५ लाख, प्रदेश सरकार सर्शत अनुदान एक करोड २४ लाख ९२ हजार, सडक बोर्ड ७२ लाख, एनएनएस डव्लुए सात लाख, आन्तरिक आय रु दुई करोड ७५ लाख ४ हजार गरी आम्दानी रु ८० करोड ५२ लाख ५१ हजार, ५६० हुने अनुमान गरिएको छ ।

खर्च तर्फ रु नगरपालिकाको चालु र पूजिँगत खर्च जम्मा रु ८० करोड ५२ लाख ५१ हजार ५६० व्यय हुने अनुमान गरिएको छ ।

दीगो र भरपर्दो रणनीतिक योजना विना नगरको बहुआयामीक विकास गर्न असंभव जस्तै हुने हुदा समग्र विकासलाई मार्गदर्शन गर्ने गरी विस्तृत नगरविकास योजनाको निर्माण गर्न पहल गरिने नगर उप प्रमुख पन्तले नगर सभामा उल्लेख गर्नु भयो । आगामी आर्थिक वर्षका लागि सशर्त अनुदानबाट शिक्षा, स्वास्थ्य, कृषि, पशु, उर्जा, महिला विकास, राष्ट्रिय परिचय पत्र, प्रधानमन्त्री रोजगार कार्यक्रम, तराई मधेश समृद्धि, झोलुङगेपुल क्षेत्र विकास परिचय पत्र विवरण, लघु उद्यम विकास कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

यसैगरी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण कार्यक्रम, पर्यटन पूर्वाधार विकास कार्यक्रम, सुरक्षित नागरिक आवास संस्कृति प्रवद्र्धन कार्यक्रम अन्र्तगतका विभिन्न कार्यक्रमहरु बजेटमा समेटिएका छन । नगरपालिकामा डुवान क्षेत्र पहिचान गरी पानीको सुरक्षित निकासको परियोजना तयार गर्नका लागि रु २० लाख, कोल्ड स्टोर निर्माण गर्न रु २५ लाख, कवर्ड हल निर्माण गर्न रु ५० लाख, वस पार्क निर्माण गर्न रु पाँच लाख र बृद्धाश्रम केन्द्र निर्माण गर्न रु १० लाख बजेटको व्यवस्था गरिएको छ ।

अधुरो योग भवन निर्माण गर्न रु पाँच लाख, खुला मञ्चमा प्याराफिट निर्माण गर्न रु २५ लाख, नगरपालिकाका प्राविधिकहरुलाई इटिएविएस र स्मार्ट रोड तालिम दिनका लागि रु चार लाख, सार्वजनिक सौचाल निर्माण रु आठ लाख, फोहर संकलन बक्स स्थापना गर्न रु पाँच लाख, विपद् व्यवस्थापन कोषका लागि रु २० लाख बजेटको व्यवस्था गरिएको छ ।

यसैगरी, कर्मचारी कल्याण कोषका लागि रु पाँच लाख, सडक मर्मत संभार कोष रु २५ लाख, छात्रबृत्ति कोष रु १५ लाख, वडा नं ६ र ३ को वडा कार्यालय भवन क्रमागत योजनाका लागि रु एक करोड ४० लाख, नगर चक्रपथ निर्माणका लागि रु एक करोड, सवारी साधन खरिद रु एक करोड, छाडा पशु व्यवस्थापनका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । रामजानकी मन्दिरमा विवाह मण्डप तथा हल निर्माणका लागि रु सात लाख, लक्षित वर्ग विशेष कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

वडास्तरबाट सञ्चालन हुने योजनाका लागि रु ४९ करोड बजेट विनियोजन गरिएको छ । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख रण बहादुर महराले उन्नत कृषि किसानको समृद्धिको नीति अवलम्बन गरिने कुरा उल्लेख गर्नु भएको छ । संभाव्यता अध्ययन गरी एक गाँउ एक उत्पादन कार्यक्रम अन्र्तगत नगरपालिकाका १२ वटै वडामा पकेट विकासका कार्यक्रम सञ्चालनमा ल्याउने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ ।

पशु तथा मत्स्यपालन क्षेत्रको विकास तथा स्वरोजगारका लागि अनुदान कार्यक्रम सञ्चालन गर्ने, गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याईने, नगर क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु संग सहकार्य गरी साझेदारीका कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख महराले नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गदैै बताउनु भएको छ ।

नगरपालिका क्षेत्र भित्र स्वदेशी तथा विदेशी पर्यकहरुको आर्कशणका लागि चिडियाखाना ,फन पार्क, कृष्णसार अबलोकन, होमस्टे लगायतका पर्यटकीय संरचनाहरु निर्माण गर्न संघ तथा प्रदेश सरकार संग सहकार्य गर्ने, परम्पागत लोक भाका सगुन, फाग, धुमारी, देउडा, राना थारु, डगौरा चौधरी, वडघर संस्कृति लगायत अन्य संस्कृतिको जगेर्ना गर्न आवश्यक कार्यक्रम गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सामुदायिक विद्यालयमा गुणस्तर शिक्षाका लागि कार्यक्रम ल्याईने, नगर भित्रका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलाडीलाई सम्मानका साथै पदक प्राप्त खेलाडीलाई विशेष सम्मान गर्ने कार्यम नगरपालिकाले अघि सारेको छ । नगरबासीलाई गुणस्तयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने, नगरपालिकाका सबै वडामा सुद्ध खानेपानीको आपूर्तिका लागि कार्य अगाडी बढाईने, जेष्ठ नागरिकका लागि मिलन केन्द्र र बृद्धाश्रमको स्थापना गर्ने, जातिय विभेद, घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक विभेद जस्ता विवादमा सून्य सहनशिलताको नीति अबलम्बन गरिने कुरा उल्लेख गरिएको छ ।

अव्यवस्थीत बसोवासीको जग्गा नाप नक्सांकन गरी सुकुम्बासीहरुलाई भू स्वामित्व कायम गरी जग्गा धनी पूर्जा वितरण गरिने, बेरोजगार युवाहरुको योग्यता र क्षमतका आधारमा रोजगारी प्रदान गरिने छ । प्रगतिशत कर प्रणालीका आधारमा करको दायरा बढाउने नीति अबलम्बन गरिएको छ ।

नगर यातायात गुरुयोजना तयार गरी सडक सञ्जालको विस्तारलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने, कृषि योग्य जमिनको क्षेत्र निर्धारण गरी नहर, कुलो, बोरिङ तथा टयुवेल प्रणालीबाट सिचाई सुविधा मार्फत कृषि उत्पादनमा विशेष पहल गरिने कुरा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

ghar sansar
सम्बन्धित
Loading...