ghar sansar

लागु औषध चरेश सहित एक जना पक्राउ

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीबाट एक जना लागु औषध सहित पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी विट सालघारीको टोलीले भीनपा ७ हल्दुखालका २६ वर्षिय किसन दमाईलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीसित प्लाष्टिकभित्र लुकाएर राखेको ४७ दशमलव ५५ ग्राम चरेश फेला परेको छ ।

वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक प्रकाश सिह भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दमाईलाई शंका लागेर जाँच गर्दा चरेश भेटिएको हो । दमाईलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...