ghar sansar

लिटिल बुद्ध एकेडेमी बन्यो सुदूरपश्चिमै उत्कृष्ठ मावि, राष्ट्रिय शिक्षा सम्मान पायो

khasi

महेन्द्रनगर । महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले सुदूरपश्चिम प्रदेशमा उत्कृष्ठ माध्यमिक विद्यालय भएर राष्ट्रिय शिक्षा सम्मान २०७९ पाएको छ । गुरु पूर्णिमा तथा भानु जयन्तिको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा विद्यालयलाई सम्मान प्रदान गरिएको छ ।

फोकस नेपालले विभिन्न मापदण्डका आधारमा देशभरबाट छानेका १५ विद्यालयमा सुदूरपश्चिमबाट लिटिल बुद्ध उत्कृष्ठ माध्यमिक विद्यालय बनेको छ । भकुटी मण्डपमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले विद्यालयका प्रिन्सिलप श्याम सिह मौनीलाई सम्मान प्रदान गरे ।

 

‘सम्मान पाउँदा निकै खुसी छौ, विद्यालयलाई अझै उत्कृष्ठ बनाउने हौसला मिलेको छ’ विद्यालयका प्रिन्सिपल मौनीले भने, ‘अझै थप मिहिनेत गर्छौ ।’

dirghayi clinic

फोकस नेपालले केही समय अघि भौतिक पूर्वाधार, विद्यार्थी संख्या, अतिरिक्त क्रियाकलाप, अध्ययन अध्यापन लगायतका मापदण्ड बनाएर देशभरका माध्यमिक विद्यालयमा अध्ययन गरेको थियो । सबै विद्यालयमा गरिएको अध्ययनका आधारमा देशभरबाट विद्यालय छनौट गरिएका हुन् ।

भाँसीस्थित लिटिल बुद्ध एकेडेमीमा अढाई हजार विद्यार्थी अध्ययनरत छन् । १७ वर्ष २०६२ मा स्थापना भएको एक वर्षपछि विद्यालयले पठनपाठन सुरु गरेको थियो । विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन विषयको पठनपाठन हुने गरेको छ ।

भृकुटी मण्डपमा आयोजित कार्यक्रममा सम्मान ग्रहणका लागि विद्यालयका प्रिन्सिपल मौनी, हरि लाल जोशी लगायतका सहभागी भएका छन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ लगायत विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...