
दोधारा चाँदनीका मेयर लिम्बुले फर्काई दिए आफ्नो नगर जान लागेका भीमदत्तका एक सय भन्दा बढी छाडा पशु चौपाया
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भीमदत्त नगरपालिकाबाट दोधारा चाँदनी जाने छाडा पशु चौपायालाई मध्यरातमा फर्काएका छन् ।
भीमदत्त नगरपालिकाका छाडा चौपाया महाकाली नदीको चार लेन पुल भएर दैनिक दोधारा चाँदनी जान थालेपछि मेयर आफैं खटिएका हुन् । स्थानीय तह निर्वाचन जितेपछि उनी दोधारा चाँदनीका छाडा पशु चौपाया व्यवस्थापनमा जुटेका छन् ।
दोधारा चाँदनीका छाडा पशु चौपाया व्यवस्थापनका लागि खाली जमिन र वन क्षेत्रमा तारबारे हालेर व्यवस्थापन गरिएको छ । केही वडामा खोर निर्माण पनि बनाउन थालेका छन् ।
मेयर लिम्बुलले महकाली नदीको चार लेन पुलबाट एक सय भन्दा बढी छाडा पशु चौपाया फर्काएको जनप्रतिनिधि बताउँछन् । चार लेनबाट दैनिक चौपाया आउने स्थानीयले गुनासो गरेपछि मेयर लिम्बु पुलमा पुगेका छन् । तीन दिन अघि उनले दोधारा चाँदनी आउने चौपाया रोक्न आफू राति पुलमा आउने फेसबुकबाट जानकारी गराएका थिए ।
स्थानीय तह निर्वाचनमा मेयर लिम्बुले छाडा पशु चौपाया व्यवस्थापनलाई प्रमुख एजेण्डा बनाएका थिए । त्यसका आधारमा उनी आफ्नो चुनावी एजेण्डालाई जसरी पनि पूरा गर्ने चाहना बोकेर अघि बढेका छन् । मेयरमा निर्वाचित भएपछि उनले चौपाया व्यवस्थापन नभएसम्म घरदैलोमा समेत नआउने घोषणा गरेका थिए ।
छाडा पशु चौपायाका कारण किसान सबैभन्दा बढी मार्कामा परेका छन् । चौपायाबाट बालीनाली जोगाउन रातभरि जाग्राम बस्नु पर्ने बाध्यतामा किसान छन् ।
छाडा पशु चौपाया कारण सडक सुरक्षामा पनि गम्भीर चिन्ता देखिएको छ । सडक अनियन्त्रित चौपायाका कारण सवारी दुर्घटना भएर धेरैले ज्यान समेत गुमाएका छन् ।
मेयर लिम्बुले छाडा पशु चौपाया व्यवस्थापनका लागि दिन रात नभनी खटिएको बताए । ‘जनताको समस्यालाई निराकरण गर्न हामीले जिम्मा पाएका छौ, हामी जिम्मेवारी पुरा गर्दै आएका छौ’ उनले भने ।
दोधारा चाँदनी नगरपालिका वडा नं. १, २, ४ र ५ सामुदायिक बनहरुमा छाडा पशुचौपाया ब्यवस्थापनका लागी निमार्ण गरिएको काँञ्जी खोरमा छाडा राखिएका छन् ।
