ghar sansar

गोबरैया लुटपाट : प्रहरीले चारैतिर खोज्न थाल्यो लुटेरा

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ गोबरैयामा बुधबार दिउँसो स्थानीयलाई घरभित्र बाँधेर लुटपाट गर्ने गिरोहको व्यापक खोजी थालिएको छ । त्यसका लागि लागि जिल्ला प्रहरी कार्यालयले खोजीका लागि चौतर्फी रुपमा टीम परिचालन गरेको छ ।

गोबरैयास्थित निङ्गलाशैनी मन्दिर नजिक गीता चन्द सिहको घरभित्र प्रवेश गरी चार जनाले उनलाई बाँधेर नगद सहित लुटपाट गरेका थिए । सिहले एक लाख नगद सहित गरगहना लुटपाट गरिएको प्रहरीलाई जानकारी दिएकी छन् ।

lotus institite
daimond public

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले लुटपाट गरिएको जानकारी आएपछि प्रहरी टोली परिचालन गरिएको बताए । ‘घट्ना भएपछि चारैतिर प्रहरी टोली परिचालन गरिएको छ, प्रहरी निरीक्षक बमले भने, ‘अहिलेसम्म फेला पार्न सकेका छैनौ ।’

प्रहरीका अनुसार लुटेरा समूहले सिहका हात खुट्टा बाँधेर लुटपाट गरेका छन् । उनीहरु भारतीय नागरिक जस्तो देखिएको सिहले प्रहरीलाई जानकारी दिएकी छन् ।

घरभित्र सिहलाई बाँधेर लुटपाट गर्ने गिरोह निङ्गलाशैनी मन्दिर नजिकबाट आवाज आएपछि बाहिर निस्केर भागेको पनि प्रहरीलाई बताएकी छन् ।

Himal dental
सम्बन्धित
Loading...