दोधारा चाँदनी, भीमदत्त र परशुरामका कृषि उद्यमी युवा र महिलालाई साइकल सहयोग

दोधारा । दोधारा चाूदनी नगरपालिका, भिमदत्त नगरपालिका र पर्शुराम नगरपालिकाका कृषिमा आवद्ध युवा तथा महिला व्यवसायीलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा साईकल वितरण गरिएको छ ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा सुद्धढ परियोजना अन्तर्गत दोधारा चाूदनी नगरपालिका, भीमदत्त नगरपालिका र पर्शुराम नगरपालिकाका कृषिमा आवद्ध युवा तथा महिलालाई ५१ थान साईकल बितरण गरिएको नेपाल राष्टिूय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताए ।

deepak

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालको सहयोगमा सञ्चालित सुद्धढ परियोजना अन्तर्गत आवद्ध सहकारी समुहका युवा तथा व्यवसायीहरुलाई कृषि तथा साना व्यवसायी सञ्चालन तथा परिचालनका लागि साईकल बितरण गरिएका नेपाल राष्टिूय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताए ।

साईकल हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, सदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, दोधारा चाूदनी नगरपालिका, भिमदत्त नगरपालिका र पर्शुराम नगरपालिकाका कृषीमा आवद्ध युवा तथा महिला व्यवसायी सहभागी भएका छन् ।

कार्यक्रममा भीमदत्तका मेयर बोगटीले साइकलबाट व्यवसाय गर्न सहज हुने बताए । दोधारा चाूदनी, भिमदत्त र पर्शुराम नगरपालिकाका कृषीमा आवद्ध युवा तथा महिला ब्यवसायिहरुलाई साईकल बितरण कार्यक्रममा दोधारा चाूदनी नगरपालिकाका मझौला खालका एक ब्यवसायी खली देबी रोकायाले कृषिमा आबद्ध रहेर व्यवसायी गर्न चाहने तथा ब्यवासायी गर्दै आएकालाई सहयोग पुग्ने बताइन् ।

उनले दोधारा चाूदनी नगरपालिकाका जग्गा उर्वर भए पनि भारतीय बजारबाट आएका बिषादी र सडेगलेका खाद्य सामाग्रीले स्वास्थ्यमा प्रतिकुल असर पर्दै आएको बताइन्।

 

सम्बन्धित
Loading...