ghar sansar

त्रिनगर भन्सार नजिक हुलाकी राजगमार्गको ब्यारियल साउनदेखि हटाइने

khasi

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्गको अवरोध (ब्यारियल) हटाइने भएपछि स्थानीय बासिन्दाले सहज आवतजावत गर्न पाउने भएका छन् ।

त्रिनगर भन्सार कार्यालय नजिक हुलाकी राजमार्गमा राखिएको ब्यारियल हटाउने सम्बन्धमा भन्सार कार्यालय प्रमुखसँगको छलफलमा साउन महिनाभित्रै ब्यारियल हटाउने सहमति भएको छ ।

हुलाकी राजमार्गबाट ब्यारियल सीमा क्षेत्रमा सार्नका लागि भन्सार कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई लिखित जानकारी दिइएको अन्तरराष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले जानकारी दिए ।

dirghayi clinic

‘लिखित जानकारी दिएसँगै भन्सार कार्यालय प्रमुखसँगको छलफलमा ब्यारियल हुलाकी राजमार्ग बाहिर डोकेबजार नजिकको सीमा क्षेत्रमा सार्ने सहमति भएको छ’, उनले भने, ‘बेलौरीतर्फ जाने सवारीसाधनलाई रातिका वेला हुँदै आएको अवरोध सहज गर्ने प्रतिबद्धता भन्सार कार्यालय प्रमुखले गरेका छन् ।’

हुलाकी राजमार्गमा राखिएको अवरोध (ब्यारियल)का कारण जिल्लाको पुनर्वास, बेलौरी नगरपालिका र लालझाडी र बेलडाँडी गाउँपालिकाका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

नेपाल–भारत सीमाक्षेत्र नजिकै भएर जाने हुलाकी राजमार्गमा बेलुकी १० बजेदेखि बिहान ५ बजेसम्म ब्यारियलका कारण राजमार्ग अवरुद्ध हुने गरेको छ ।

राति बिरामी बोकेको एम्बुलेन्स समेत ब्यारियलकै अवरोधका कारण घण्टौं कुर्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा बताउँछन् । रातिका वेला बाह्य क्षेत्रबाट पुगेका बासिन्दा ब्यारियलकै कारण घर जान नपाई धनगढीमै होेटेलमा बास बस्नुपर्ने बाध्यता रहेको छ ।

हुलाकी राजमार्गमा राति १० बजे ब्यारियलमा ताला लगाएर कर्मचारी सुत्न जाने र त्यहाँ पुग्ने सवारीसाधनले कुरेर बस्नुपर्ने या फर्किनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...