पुनर्वासमा युवतीमाथि सामूहिक बलात्कार, सशस्त्र प्रहरी सहित सहित चार जना पक्राउ

महेन्द्रनगर । पुनर्वास नगरपालिकाकी एक युवतीमाथि सामूहिक बलात्कार आरोपमा सशस्त्र प्रहरी सहित चार जना पक्राउ परेका छन् । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले पीडित युवतीको उजुरीपछि आरोपित चारै जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए । पीडित युवतीको मेडिकल जाँचपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

deepak

युवतीले शुक्रबार इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा उनीहरु विरुद्ध शुक्रबार जबरजस्तीकरणमा जाहेरी दिएकी थिइन् । ‘जाहेरीपछि पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छौ’ प्रहरी निरीक्षक बमले भने ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सशस्त्र प्रहरी जवान खेम प्रसाद जैसी, सुुशिल विष्ट, लक्ष्मण सुनार र पृथ्वी भाट छन् । उनीहरुमध्ये पुनर्वास नगरपालिका ९ ख गाउँका विष्ट पीडित युवतीका प्रेमिका हुन् । आफ्नो घर धनगढी भन्दै युवतीलाई ढाँट्दै आएका विष्टले युवतीलाई विवाहका भगाएका थिए । सशस्त्र प्रहरी जवान जैरी सशस्त्र प्रहरीको बिओपी खड्डा कंकटमा कार्यरत छन् ।

युवतीलाई घरबाट भगाएर ल्याएका विष्टले राति दोदा नदी पुल नजिकको उखुबारीमा युवतीसित यौन सम्पर्क गर्ने क्रममा आएका अन्य तीन जनाले पनि बलात्कार गरेको युवतीले प्रहरीलाई जानकारी दिएकी छन् । युवतीका अनुसार प्रेमिका विष्टले असार २३ गते युवतीलाई घरमा भगाएर ल्याएका थिए ।

प्रहरीका अनुसार बलात्कारमा संलग्न अन्य तीन जना पनि युवतीका प्रेमिका विष्टका गाउँका हुन् । सशस्त्र प्रहरी सहित उनीहरु राति किन उखुबारीको बाटो हिँडेको कारण खुलेको छैन । प्रहरीले सामूहिक बलात्कार योजनाबद्ध हो वा होइन भनेर पनि अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित
Loading...