ghar sansar

भीमदत्तका मेयर काठमाडौ घुम्दै गर्दा कार्यालयमा नयाँ हाकिम भए हाजिर

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत चैतमा भीमदत्त नगरपालिकामा सरुवा गरेका एम प्रसाद गौली नगरपालिकामा हाजिर भएका छन् । उनले मंगलबार हाजिर लगाएका छन् ।

चैतमा सरुवा भएपछि स्थानीय तह निर्वाचनका कारण उनी कार्यालय हाजिर नभएर निर्वाचनमा खटिएका थिए । नयाँ आर्थिक वर्ष सुरु भएपछि उनी कार्यालय हाजिर भएका छन् ।

भीमदत्तका मेयर पदम बोगटी उप मेयर निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट र योजना शाखा प्रमुख इन्जिनियर हिमालय सिह ऐरलाई लिएर काठमाडौ गएका छन् । काठमाडौंमा उनले प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व मन्त्री रमेश लेखक लगायतका नेतासित भेटघाट गरि रहेका छन् ।

भीमदत्तका मेयर बोगटी कार्यालय बाहिर भएका बेला नयाँ प्रमुख प्रशासकीय अधिकृत गौली हाजिर भएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खडकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत गौली कार्यालय पुगेको बताए ।

Himal dental
सम्बन्धित
Loading...