ghar sansar

दोधारा चाँदनी १० मा ज्येष्ठ नागरिकलाई वडा अध्यक्षको सहयोग, सुत्नको लागि दिए पलङ्ग

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकाका १० का वडा अध्यक्षले बृद्धबृद्धालाई सुत्नको लागि पलङ वितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १ण् का वडाध्यक्ष चन्द्र बहादुर सिंहले वडाका गरिब तथा विपन्न परिवारका वृद्ध वृद्धालाई पलङ्ग दिएका हुन् ।

dirghayi clinic

वडामा रहेका गरिब तथा बिपन्न बृद्धबृद्धाले वर्षायामको बेला भुईमा सुत्ने पाईएको बताउदै उसिनहरुको लागी पलङ बितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् । आज उनिहरुको घर–घरमा गएर वडाध्यक्ष सिंहले पलङ वितरण गरेका हुन् ।

वडा रहेका गौरी सुनार, रंगाली सुनार, रेखा चदारो, गिता देबी सुनार, तुल बहादुर सुनार, नन्दकला सुनार, रत्ने सुनार, पाटु धामी, जौकला ओली र कृपाले ओड गरि १० जनालाई वर्षायामको बेला सुत्न सहजताको लागी पलङ बितरण गरिएको हो । भुईमा सुत्दै आएका बृद्धबृद्धाहरुले सुत्नको लागि पलङ पाएपछि खुशी हुदै वडाध्यक्ष सिंहलाई धन्यबाद दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...