ghar sansar

भारत लैजान उदयपुरकी युवतीलाई मोबाइल बनाउने बहानामा काठमाडौंबाट झुक्याएर महेन्द्रनगर पुगाइयो, वसपार्कबाट उद्धार, मुगुका लावड पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । युवतीको मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट भगाएका एक युवतीलाई बुधबार महेन्द्रनगरबाट उद्धार गरिएको छ । काठमाडौंबाट भगाइएका ती युवतीलाई नेपालगञ्जगञ्ज हुँदै महेन्द्रनगर पुगाएर भारत लैजान लागेकी ती युवतीको उद्धार गरिएको हो ।

महेन्द्रनगर वसपार्कबाट उदयपुरकी ती १६ वर्षिया युवतीलाई गैर सरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । युवतीलाई भगाएर ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ । काठमाडौंका सवारी साधनका चालक लावडले युवतीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगरसम्म ल्याएका हुन् ।

,orning glory badhai
dirghayi clinic

‘काठडामौंमा बस्दै आएका युवती र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए’ साहसी महिला नेपालका जिल्ला संयोजक आनन्दी रानाले भनिन्,‘त्यसपछि त्यहाँबाट यहाँ ल्याएको रहेछ, युवतीलाई आफू कहाँ जाँदैछु भनेर केही पनि थाहा छैन ।’

वसपार्कबाट उद्धार गरी संस्थाले सोधपुछ गर्दा ती युवती बोल्न सकेकी छैनन् । उनी रोइ कराइ गरि रहेकी छन् । ‘कसरी यहाँ पुगे, केही थाह छैन मात्रै भन्छिन्, अरु कुरा केही पनि भन्दिनन्’ संयोजक रानाले भनिन् ।

युवतीले केही भन्न नसकेकाले उनलाई युवकले उनलाई झुक्याएर भारत लैजान लागेको हुन सक्ने संयोजक रानाले बताइन् । ‘अरु केही हुन सक्छ, ती युवतीसित केही भनेको छैन, भारत लैजान ल्याएको हुन सक्छ’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...