ghar sansar

भीमदत्तमा दुई हाकिम : एउटा मेयरसित काठमाडौं, अर्का कार्यालयमा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले उप प्रमुख निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट सहित कर्मचारीलाई साथ लिएर काठमाडौंमा घुमघाममा व्यस्त भएका छन् । गत आर्थिक वर्ष सकिएपछि मेयर बोगटी उप प्रमुख, हाकिम र इन्जिनियर सहितको टोली लिएर असार ३१ गते काठमाडौं गएका हुन् । उनीहरुले प्रधानमन्त्री शेर बहादुर देउवासम्म भेट गरि सकेका छन् ।

मेयर बोगटीले काठमाडौं गएपछि प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेर बहादुर देउवा, पूर्व मन्त्री रमेश लेखक, सहरी विकास मन्त्री मेटमणी चौधरी लगायतसित भेटघाट गरेका तस्बिर बाहिर आएका छन् ।

नगरपालिकाका प्रमुख उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा प्रमुखको काठमाडौं घुमघाम शंकाको घेरामा पर्न थालेको छ । ‘नगरको विकासका लागि कुरा गर्न त कार्यालयका चार प्रमुख एकै साथ जानु नपर्ने हो, नगर विकासको नाममा अन्य कुरा हुन सक्छ’ नगरपालिकाका स्रोतले भन्यो,‘यसरी त अहिलेसम्म कोही पनि काठमाडौं गएको छैन ।’

dirghayi clinic

काठमाडौं घुमघाममा व्यस्त टोलीले नगरपालिकाको विकासका लागि स्रोत जुटाउन विभिन्न मन्त्रालय धाइ रहेको दावी गरेको छ । अहिलेसम्म प्रधानमन्त्री देउवा सहित सहरी विकास मन्त्री मेटमणी चौधरी,मुख्य सचिव शंकरदास बैरागी,उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय र अर्थ मन्त्रालयका सचिव लगायतसंग भेटघाट गरेका छन् ।

भेटघाटमा नगरपालिकाको फोहोर व्यवस्थापन, महाकाली नदीमा तटबन्ध, क्षेत्रीय सहरी विकास अन्तर्गत सञ्चालित योजनालाई निरन्तरता, कञ्चन मल सञ्चालन, मल्टि स्टोरी सवारी पार्किङ निर्माण,भीमदत्तलाई स्मार्ट सिटिका लागि छनौट लगायतका विषयमा कुराकानी गरिएको टोलीमा सहभागी वडा अध्यक्षम पदम बुढाले बताए ।

मेयर बोगटीले प्रमुख प्रशासकीय अधिकृत भट्टलाई आफूसंगै काठमाडौं लगेपछि कार्यालयमा भने नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत चैतमा सरुवा गरेका यम नारायण गौली बुधबारदेखि हाजिर भएका हुन् । उनी स्थानीय तह निर्वाचनका कारण अहिले कार्यालयमा हाजिर भएका छन् ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्दै आएका भट्ट कार्यालय बाहिर हुँदा गौलीले हाजिर गरी कामकाज सुरु गरि सकेका छन । भट्ट शिक्षा शाखाका उप सचिव हुन् । स्थानीय तह निर्वाचनपछि भट्ट लामो समय प्रमुख प्रशासकीय अधिकृत भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...