ghar sansar

७८ ग्राम ब्राउन सुगर सहित तीन भारतीय लागु औषध कारोबारी पक्राउ

महेन्द्रनगर । प्रहरीले लागु औषध कारोबारीमा संलग्न तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागु औषध कारोबारका लागि आएका बेला उनीहरुलाई पुनर्वास नगरपालिका ११ अमरवस्तीबाट पक्राउ गरिएको हो । अहिले उनीहरु प्रहरी हिरासतमा राखिएका छन् ।

लागु औषध कारोबार गर्दै आएका उनीहरुलाई पक्राउ गर्न प्रहरीले केही समयदेखि उच्च निगरानीमा राखेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टालीले उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले पक्राउ परेको तीनै जना कारोबारमा संलग्न भएको बताए । ‘उनीहरु लागु औषधका कारोबारी हुन्, थप अनुसन्धान गर्दैछौ’ उनले भने ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको लखिमपुर पलियाका सुमित गुप्ता(२८), सोही ठाउँका लबी गुप्ता (२४) र बबी महेन्द्रु(२७) छन् । यस अघि लागु औषध सहित अधिकाँश सहित अधिकाँश नेपाली पक्राउ परेका छन् । त्यसमा अधिकाँश सेवनकर्ता हुने गरेका छन् ।

प्रहरीले पक्राउ गरेका तीन भारतीय नागरिकसित ७८ दशमल ३७ ग्राम खैरो हेरोइन भेटिएको छ । उनीहरुसित १५ हजार भारतीय रुपैँया पनि भेटिएको प्रहरीले जानकारी दिएको छ । अमरवस्तीमा लागु औषध बिक्रीका लागि उनीहरु आएको प्रहरीको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...