ghar sansar

दोधारा चाँदनीमा सुरक्षित सञ्जालको अध्यक्षमा पुनः चन्द

little buddha academy
khasi

दोधारा । मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्था माईती नेपाल अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित सुरक्षित सञ्जाल कार्य समिति पुनर्गठन गरिएको छ । माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा नगर संयोजकमा अधिकारकर्मी खिमा चन्द पुनः चयन भएका छन् ।

समितिको उपाध्यक्षमा पत्रकार पप्पु गुरुङ्ग, सचिवमा गिता कुमारी रावत, सह–सचिवमा कमला आग्री, कोषाध्यक्षमा लक्ष्मी चन्द चयन भएका छन् ।

,orning glory badhai

यस्तै सदस्यमा सिमा धामी, अमृता शाही साँउद, रञ्जना चन्द, मिना भट्ट, माया पुन, माया बोहरा साँउद, लक्ष्मी कठायत, ममता दमाई, सशस्त्र प्रहरी दोधारा चाँदनी (देबीस्थान) का ममता मौनी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका महेन्द्र सिंह थापा गरि १५ सदस्यीय नगर स्तरिय सुरक्षित संजाल पुनर्गठन गरिएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले जानकारी दिएका छन् ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयमा संचालित सुरक्षित संजाल पुनर्गठन कार्यमा दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम सिंह रावल, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका महेन्द्र सिंह थापा, दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडा सदस्य मनकला खनाल पुजारा रहेका थिए ।

कार्यक्रममा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले माईती नेपालको काम र कञ्चनपुरका मानव बेचबिखनको अवस्थाको बारेमा प्रकाश पारेका थिए ।

दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पदम सिंह रावलले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठित सुरक्षित संजालले बेचबिखनको क्षेत्रमा राम्रो काम गर्दै आएको बताउदै नव पुनर्गठन भएको समितिको शुभकामना साथै कार्यकालको सफलताको कामना गरेका छन् ।

वडाध्यक्ष रावलले सुरक्षित सञ्जाललाई आफ्नो वडाबाट हुने सहयोग गर्न आफु तयार रहेको र मानव बेचबिखन विरुद्धमा वडाको टिम सबै कटिबद्ध रहेको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्र भारत संग जोडिएको खुला सिमा क्षेत्र रहेको खुला सिमा क्षेत्र भएको कारण सहजै मानव तस्करहरुले आफ्नो गतिबिधी गर्न सक्ने भएको कारण सुरक्षित संजालको यस क्षेत्रमा अहम भुमिका रहेको सुरक्षित सञ्जालका संयोजक खिमा चन्दले बताइन् ।

Himal dental
सम्बन्धित
Loading...