ghar sansar

भीमदत्तका मेयर बोगटीले विमानस्थल सञ्चालनमा खोजे मन्त्रीको साथ, जग्गा अधिग्रहणमा सहयोगका लागि बुझाए मागपत्र

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले मझगाउँ विमानस्थल विस्तारका लागि चाहिले अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठसित सहयोग मागेका छन् । उनले मन्त्री श्रेष्ठलाई विमानस्थल निर्माण गरी सञ्चालनक लाागि माग पत्र बुझाउँदै सहयोग मागेका हुन् ।

मझगाउँ विमानस्थल पुनः निर्माण गरी सञ्चालनका लागि चाहिने ४५ विगाह जग्गा नेपाली सेना, सार्वजनिक र स्थानीय वासिन्दाको नाममा भएकाले अधिग्रहण गर्न पर्ने अवस्था आएको हो । अहिले विमानस्थलको ५२ बिगाहा जग्गामा निर्माण कार्य थालिएको छ ।

mantra hos123

जग्गा अधिग्रहण हुन नसकेपछि विमानस्थल निर्माण कार्य रोकिने चिन्ता स्थानीयको छ । २०५६ देखि बन्द विमानस्थल सञ्चालनका लागि २०७४ को निर्वाचनपछि मात्रै पुनः निर्माण थालिएको थियो । विमानस्थल पुनः निर्माण गरी सञ्चालनक लाागि सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले साझेदारी गरेका छन् ।

भीमदत्तका मेयर बोगटीले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा विमानस्थल सञ्चालनले दोधारा चाँदनी सुख्खा बन्दरगाह र त्रिदेशीय नाका बनाउने कार्यलाई समेत सहयोग पुग्ने उल्लेख गरेका छन् । भारतीय राजधानी नयाँ दिल्ली र भारतको रुद्रपुर औद्योगिक क्षेत्र नजिक भएकोले पनि विमानस्थल सञ्चालन अवाश्यक देखिएको मेयर बोगटीले मागपत्रमा उल्लेख गरेका छन् ।

२०३६ देखि सञ्चालन गरिएको विमानस्थल सशस्त्र द्वन्द्वकालमा सुरक्षाका कारण देखाउँदै बन्द गरिएको थियो । पहिलो संविधान सभा निर्वाचनपछि तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले विमानस्थल सञ्चालन गर्ने भन्दै आफैं जहाज चढेर आएका थिए ।

२०७४ को निर्वाचनपछि कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टले आफ्नो चुनावी प्रतिवद्धता अनुसार स्थानीय तहसित सहकार्य गरी विमानस्थल सञ्चालन कार्य अघि बढाएका हुन् । एमाले सचिव योगेश भट्टराई संस्कृति, पर्यटन तथान नागरिक उड्डयन मन्त्री हुँदा विमानस्थलमा तारबार गरी पुनःनिर्माण कार्य थालिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...