दोधारा । दोधारा चाँदनी नगरपालिकाले अदेखि सामाजिक सुरक्षा भत्ता नगरको टोल टोलबाट वितरण गर्ने भएको छ । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको पहलमा अब देखि टोल टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको हो ।
अझै सम्म बैंक मार्फत भत्ता वितरण गरि रहँदा दिन भर गर्मी तथा चिसोमा बैकमा लामो लाईन बस्नु पर्ने र वृद्ध–वृद्वाबाट यसबारे गुनासोह आएकोले यसको सहजताको लागि मेयर लिम्बूले बैंकसंग छलफल अघि बढाएका छन् ।
नगरपालिकाको कार्यालयमा मेयर किशोर कमार लिम्बु र बैंकका प्रतिनिधिसंगको छलफलपछि अबका दिन देखि सामाजिक सुरक्षा भत्ता टोल–टोलमा गएर वितरण गरिने मेयर लिम्बूको सचिवालयले जनाएको छ ।
‘सम्पूर्ण नगरवासीमा अब बितरण हुने सामाजिक सुरक्षा भत्ता टोल टोल बाट बितरण हुने हुदा , यहाँहरु सबैलाई जानकारीका साथ साथै सहयोगको निम्ति हार्दिक अनुरोध गर्दछौं’ दोधारा चाँदनी नगरपालिका नगर प्रमुख लिम्बुको सचिवालयले भनेको छ ।