महेन्द्रनगर । नेकपा(एमाले)का नेता शेर बहादुर चन्दले नागरिकता ऐन संशोधन सम्बन्धी विधेयक पारित भएपछि गठबन्धन सरकारप्रति आक्रोश पोखेका छन् । उनले देशको सार्वभौम सत्ता दिल्ली र ह्वाइट हाउसलाई बुझाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेता चन्दले एमसीसी, एसपीपी र नागरिक विधेयक पारित गरी सिक्किम र फिजी बनाउन खोजेको भनेर प्रश्न गरेका छन् ।
‘एमसीसी, एसपीपी र नागरिकता विधेयक पारित गरेर गठबन्धन सरकारले देशलाई सिक्किम र फिजी बनाउन चाहेको हो ? चन्दले सामाजिक सञ्जालमा भनेका छन्,‘यो देशको सार्वभौम सत्ता दिल्ली र ह्वाइट हाउसमा बुझाउन चाहेकै हो त ।’
नयाँ संविधान जारी भएपछि तयार गरिएको नागरिक ऐन संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । विधेयक पारित भएपछि जन्मसिद्धका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता पाउने भएका छन् ।